×
Lagani
Lagani Shiksha gif
आइपियो निस्कासन गर्दै रिज लाइन इनर्जी , बिक्री प्रबन्धकमा प्रभु क्यापिटल



रिज लाइन इनर्जीले  आईपीओ  निष्काशन तथा बिक्री गर्ने भएको छ ।

कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार रुपैयाँको ३० प्रतिशतले आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८२ हजार ८७० कित्ता आईपीओ जारी गर्नेछ।

Lagani Shiksha gif
sharehubapk आइपियो निस्कासन गर्दै रिज लाइन इनर्जी , बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

कम्पनीले शेयर निष्काशन तथा बिक्रीको जिम्मेवारी भने प्रभु क्यापिटललाई दिएको हो । एक कार्यक्रमको आयोजना गरी कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सो सम्बन्धी सम्झौतामा रिज लाइन इनर्जीका वसन्त गिरी तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

यो कम्पनीले गोरखा जिल्लाको अजिरकोट–२ मा रहेको चेपे नदीमा सुपर चेपे हाइड्रापावर आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको क्षमता ९.०५ मेगावाट रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस