×
Lagani
Lagani Shiksha gif
शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल



शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत दुई अर्ब ३४ करोड तिरेको छैन। हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सो रकम नतिरेको हो।

डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले जनाएको छ।

Lagani Shiksha gif
sharehubapk शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल

प्राधिकरणले महसुलबापतको रकम तिर्नका लागि उद्योगलाई पटक पटक पत्र पठाएपनि हालसम्म रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख शशिभुषण साहले जानकारी दिए।

प्राधिकरणले बक्यौता रकम तत्काल नबुझाए विद्युत् लाइन काटिदिने बताउँदै आए पनि हालसम्म पनि विद्युत् आपूर्ति बन्द गर्न सकेको छैन। सो बक्यौता रकम तिर्न प्राधिकरणले केन्द्रीय कार्यालयसम्म जानकारी गराएपनि हालसम्म रकम उठ्न नसकेको प्रमुख साहको भनाइ छ।

सर्वोच्च अदालतले उक्त महसुल तिर्नका लागि शिवम् सिमेन्टलाई दुई वर्षअघि नै आदेश दिएको थियो । तर हालसम्म पनि उक्त रकम तिरेको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस