SWBBL 1065 2.1 PBLD87 1028 -2 NIL 912 8 CHCL 568.9 -8.1 SPL 813 -12.1 SIKLES 707 -3 NRIC 803 -5 USHL 783.2 -13.7 C30MF 9.74 0 NRM 426.1 -4.9 PFL 652 -1 TRH 1118 -5 NABBC 631 -12 MKJC 467.9 -1 GMFIL 623 1 BNT 14350 -50 ILI 483.5 -2.5 BPCL 449 -7 SPDL 310 5 UHEWA 476 -11 KKHC 260 -2 UAIL 639 -1 NUBL 730 2.8 LBBLD89 1208.5 23.5 BHDC 583 5.4 MATRI 1405 -8 RMF2 9.21 -0.13 ANLB 4453.1 47 SONA 473.2 -7.8 UPCL 262.2 -2.7 SHL 512 -4.5 SMPDA 910 -1 KBLD89 1156 1 PSF 9.51 -0.09 HBLD83 1056.3 0.3 SJCL 326 -3.7 PBD84 1065 1.7 UPPER 214.2 -1.8 NYADI 305.4 -6.6 HIDCL 270.7 -4.1
×
शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल



शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत दुई अर्ब ३४ करोड तिरेको छैन। हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सो रकम नतिरेको हो।

डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले जनाएको छ।

प्राधिकरणले महसुलबापतको रकम तिर्नका लागि उद्योगलाई पटक पटक पत्र पठाएपनि हालसम्म रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख शशिभुषण साहले जानकारी दिए।

प्राधिकरणले बक्यौता रकम तत्काल नबुझाए विद्युत् लाइन काटिदिने बताउँदै आए पनि हालसम्म पनि विद्युत् आपूर्ति बन्द गर्न सकेको छैन। सो बक्यौता रकम तिर्न प्राधिकरणले केन्द्रीय कार्यालयसम्म जानकारी गराएपनि हालसम्म रकम उठ्न नसकेको प्रमुख साहको भनाइ छ।

सर्वोच्च अदालतले उक्त महसुल तिर्नका लागि शिवम् सिमेन्टलाई दुई वर्षअघि नै आदेश दिएको थियो । तर हालसम्म पनि उक्त रकम तिरेको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस