ग्रीन भेञ्चर्स लिमीटेडले आइपीओ निश्कासन गर्ने भएको छ ।
कम्पनीले ओखलढुंगा र रामेछाप जिल्लामा जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीले ६२ लाख ५० हजार कित्ता आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले ६२ करोड ५०लाखको आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।
आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नका लागि यो कम्पनीले आवेदन दिएको हो ।कम्पनीले प्रतिकित्ता रु. १०० दरका धितोपत्रको सार्वजनिक निश्कासन गर्न खोजेको हो ।
धितोपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले गर्नेछ । ग्रीन भेञ्चर्स प्रालि भारतको भिलवारा इनर्जी लिमीटेड र नेपालको त्रिवेणी इनर्जी प्रालिको संयुक्त लगानी रहेको कम्पनी हो । उक्त कम्पनीको आर्थिक अबस्था मजबुत रहेको र भबिष्यमा झन् मजबुत हुदै जाने जानकारको भनाई छ।
ग्रीन भेञ्चर्स प्रालि भारतको भिलवारा इनर्जी लिमीटेड र नेपालको त्रिवेणी इनर्जी प्रालिको संयुक्त लगानी रहेको कम्पनी हो । कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन पेस गरेको छ।
नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ।








