×
Lagani
Lagani Shiksha gif
तिन कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा।



आज तिन कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ । कम्पनीले२० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो । बुक क्लोजको समयमा डिम्याट खातामा शेयर धारण गरेका शेयरधनीहरुको हकमा हितग्राही खातामा जम्मा गरिदिएको जानकारी गराएको हो ।

Lagani Shiksha gif
sharehubapk तिन कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा।

साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले यथाशिघ्र शेयर अभौतिकीकरण गरेपछि सम्बन्धित शेयरधनीको हितग्राही खातामा बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा हुने जानकारी गराएको छ ।

महिला लघुवित्त वित्तीय संस्थाले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले  ४७ दशलमव ५ प्रतिशत बोनस शेयर फागुन ३ गते सूचीकृत भएको र ४ गतेदेखि जम्मा गरिदिएको जानकारी गराएको हो । कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

लुम्बिनी विकास बैंकले शेयरधनीलाई हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले  १३ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । शेयरधनीदर्ता पुस्तिका बन्द हुँदा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको कम्पनीले फागुन १ गतेदेखि हितग्राही खातामा जम्मा गरिदिएको जानकारी गराएको छ ।कम्पनीको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस