×
Lagani
Lagani Shiksha gif
इमर्जिङ्ग नेपालको आईपीओ बाँडफाँट सम्पन्न , यस्तो छ नतिजा हेर्ने तरिका।



इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ आज  बाँडफाँट  भएको छ ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाकाे रद्द थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् ।

Lagani Shiksha gif
sharehubapk इमर्जिङ्ग नेपालको आईपीओ बाँडफाँट सम्पन्न , यस्तो छ नतिजा हेर्ने तरिका।

यसरी वितरण गरेर बाँकी रहेको ८ कित्ता शेयर भने पुन: सोही मध्येबाट २० कित्ता भन्दा बढी आवेदन दिने ८ जनालाई एक एक कित्ताको दरले बाँडफाँट गरिएको हो । त्यस अनुसार अधिकतम शेयर पाउने आवेदकले ११ कित्ता सम्म शेयर पाएका छन् ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको एप डाउनलोड गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि IPO RESULTS भन्ने अप्सन छान्नुहोला।
४) आफ्नो दिम्याट  नम्बर हानि कम्पनि छान्नुहोला।
५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।
( नोट : आईपीओ  बाँडफाँट  भएको केहीबेर पछि मात्र नतिजा सार्बजनिक हुने छ ) 

यो मध्ये २% अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५% अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताको लागि छुट्याइएको थियो।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

नतिजा यहाँ बाट पनि हेर्न सक्नु हुने छ।  

१) नेप्से बजारको एप

) मेरो शेयरको साइट

३) बिक्रि प्रबन्धकको साइट 

४) इमर्जिङ्ग नेपाल लिमिटेडको साइट

५) सिडिएस एण्ड क्लियरिङ्गको मेरोशेयर

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस