×
Lagani
Lagani Shiksha gif
२३ लाख बढीले नपाउने इमर्जिङ्ग नेपालको आईपीओ , यस्तो छ नतिजा हेर्ने तरिका।



इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ आज  बाँडफाँट हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आज दिउँसो ३ः३० बजे आईपीओ बाँडफाँट हुने भएको हो । क्यापिटलले हिजै प्रिअलटमेन्ट सकाएर आज बाँडफाँट गर्ने भएको हो ।

Lagani Shiksha gif
sharehubapk २३ लाख बढीले नपाउने इमर्जिङ्ग नेपालको आईपीओ , यस्तो छ नतिजा हेर्ने तरिका।

कसरि हेर्ने नतिजा :

( नोट : आईपीओ  बाँडफाँट  भएको केहीबेर पछि मात्र नतिजा सार्बजनिक हुने छ ) 

कम्पनीको आईपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले दुई अर्ब ७८ करोड ३५ लाख ४२ हजार रुपैयाँ बराबरको २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्टाएको ५ लाख १६ हजार ७०८ कित्ता शेयरको ५३.८७ गुणा बढी हुन आउँछ।

हालको आवेदनलाई हेर्दा जम्मा २.१३ प्रतिसत लगानीकर्ताले १० कित्ता शेयर हात पर्ने देखिन्छ भने बाकि ९७.८७ प्रतिसत लगानीकर्ताको हात खालि हुने छ । यद्यपी यो अन्तिम तथ्यांक भने हैन।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको हो ।

यो मध्ये २% अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५% अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताको लागि छुट्याइएको थियो।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

नतिजा यहाँ बाट पनि हेर्न सक्नु हुने छ।  

१) नेप्से बजारको एप

) मेरो शेयरको साइट

३) बिक्रि प्रबन्धकको साइट 

४) इमर्जिङ्ग नेपाल लिमिटेडको साइट

५) सिडिएस एण्ड क्लियरिङ्गको मेरोशेयर

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस