×
Lagani
Lagani Shiksha gif
प्रदेश स्थापना दिवसको अवसरमा भोलि सार्वजनिक बिदा



गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ।

Lagani Shiksha gif
sharehubapk प्रदेश स्थापना दिवसको अवसरमा भोलि सार्वजनिक बिदा

‘गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ,’ मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ ।

लुम्बिनीका लागि पछिल्लो वर्ष उपलब्धिमूलक :  लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले पछिल्लो वर्ष उपलब्धिमूलक भएको बताएका छन् । प्रदेशको चौथो स्थापना दिवसको अवसरमा आयोजक कार्यक्रममा बोल्दै केसीले पछिल्लो वर्ष लुम्बिनी वासीका लागि उपलब्धिमूलक भएको बताएका हुन् ।

चौथो स्थापना दिवसको अवसरमा प्रदेशमा मंगलबार सार्वजनिक बिदासमेत दिइएको छ । विगत दुई वर्षदेखि प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा मनाउँदै आइएको छ । प्रदेशको स्थायी राजधानी दाङको रापती उपत्यकामा विशेष कार्यक्रम गरी सरकारले स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसमा मुख्यमन्त्री केसीले प्रदेशलाई जनअपेक्षा अनुसार समृद्ध बनाउन अधिकतम प्रयास गरिएको बताएका छन् । उनले पछिल्लो वर्ष सबै हिसाबले उपलब्धिमूलक वर्ष भएको बताएका छन् । आगामी वर्षको सरकारका काम कार्यलाई प्रभावकारी बनाउनको लागि अझै प्रदेश सरकारले गति प्रदान गरी अगाडि बढ्ने उनले बताए ।

‘लुम्बिनी प्रदेशवासीको लागि ४ वर्षको उपलब्धिमूलकको वर्ष बनेको छ । आगामी दिनमा अझै प्रभाकारी रूपमा अगाडि बढाउनु पर्ने विषयमा हामी गम्भीर छौँ,’ उनले भने ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशले जनताको आकांक्षा पूरा गर्न सरकार निरन्तर लागेको बताए । लुम्बिनी प्रदेश सरकारको तीन वर्ष राजनीतिक हिसाबले एकल जस्तो भए पनि पछिल्लो एक वर्ष नयाँ राजनीतिक सहकार्यको आधारमा सरकार निर्माण र सञ्चालन भएको उनले बताए । सरकारले प्रदेशवासीको गाँस, बास, कपास, शिक्षा स्वास्थ्यलगायत पक्षको सुधारका गर्न प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस