×
Lagani
Lagani Shiksha gif
इमर्जिङ्ग नेपालको आईपीओमा पर्यो ५३ गुणा बढी आवेदन , ९८ प्रतिसत आवेदकको हात खालि हुने।



इमर्जिङ्ग नेपाल लिमिटेडले निस्कासन गरेको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

आज साझ ५ बजे सम्म  कम्पनीको आईपीओमा २४  लाख १५  हजार ९ सय १९  लगानीकर्ताले २ करोड ७८  लाख ३५ हजार ४  सय २०   कित्ताको लागि आवेदन दिएका छन । जुन कम्पनीले सर्बसाधारणलाइ निस्कासन गरेको ५  लाख १६  हजार ७ सय ८ कित्ता भन्दा  गरेको भन्दा ५३.८७ गुणा बढी आवेदन हो ।

Lagani Shiksha gif
sharehubapk इमर्जिङ्ग नेपालको आईपीओमा पर्यो ५३ गुणा बढी आवेदन , ९८ प्रतिसत आवेदकको हात खालि हुने।

हालको आवेदनलाई हेर्दा जम्मा २.१३ प्रतिसत लगानीकर्ताले १० कित्ता शेयर हात पर्ने देखिन्छ भने बाकि ९७.८७ प्रतिसत लगानीकर्ताको हात खालि हुने छ । यद्यपी यो अन्तिम तथ्यांक भने हैन।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको हो ।

यो मध्ये २% अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५% अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताको लागि छुट्याइएको थियो।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस