×
Lagani
Lagani Shiksha gif
इमर्जिङ्ग नेपालको आईपीओमा २५ गुणा बढी आवेदन , तपाइलाई पर्ने सम्भावना कति ?



इमर्जिङ्ग नेपाल लिमिटेडले निस्कासन गरेको आईपीओमा आवेदनको ओहिरो लागेको छ।1088057

आज बिहान १०  बजे सम्म  कम्पनीको आईपीओमा १० लाख ८८  हजार ५७ लगानीकर्ताले १ करोड २७ लाख  ६० हजार ४ सय १०  कित्ताको लागि आवेदन दिएका छन । जुन कम्पनीले सर्बसाधारणलाइ निस्कासन गरेको ५  लाख १६  हजार ७ सय ८ कित्ता भन्दा  गरेको भन्दा २४.६९  गुणा बढी आवेदन हो । यो आवेदनलाई हेर्ने हो भने पनि कम्पनीको शेयर पर्ने सम्भावना न्यून देखिन्छ।

Lagani Shiksha gif
sharehubapk इमर्जिङ्ग नेपालको आईपीओमा २५ गुणा बढी आवेदन , तपाइलाई पर्ने सम्भावना कति ?

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको हो । यो मध्ये २% अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५% अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने भए पनि मागभन्दा बढी आवेदन परेको हुदा फाग्न १ गते नै अन्तिम दिन हुने छ।  लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन पर्ने भएको हुदा १० कित्तानै आवेदन दिनु ठिक देखिन्छ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस