गायक दुर्गेश थापा नयाँ गीत ‘पैसा’ पनि विवादमा तानिएकाे छ ।
गीतमा आपत्तिजनक र छाडा शब्दसमेत प्रयोग गरिएकाे भन्दै वैज्ञानिक समाजवादी महिला संगठनले प्रशारणमा प्रतिबन्ध लगाउन माग गरेकाे छ ।
रक शैलीमा तयार गीतमा दुर्गेश ‘पैसा’ लाई सर्वोपरी रुपमा प्रस्तुत गरेका छन् । ‘अर्धनग्न महिलाकाे शरीरलाई पैसासँग जाेडेर अश्लिल तरिकाले प्रदर्शन गरेर महिलाकाे वस्तुकरण गरिएकाे छ,’ संगठनका संयाेजक धनकुमार सुनारद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘ कलाकारले प्रयाेग गर्ने शव्द, भेषभुषा र प्रस्तूतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ ।’
‘पैसा’म्युजिक भिडियाे प्रशारण तत्काल बन्द गर्न पनि माग गरिएकाे छ । उक्त विज्ञप्तिमा यस प्रकार लेखिएको छ।
हालसालै गायक दूर्गेष थापाको म्युजिक भिडियो ‘पैसा’ को रिजिज पछि गीतमा प्रयोग भएका आपत्तिजनक शब्द र प्रस्तुतीको सर्बत्र विरोध भइरहेको छ । गीतमा सभ्य समाजमा पाच्य नहुने खालका सब्दहरुको अत्यधिक प्रयोग भएको छ । त्यसै गरि अअर्धनग्न महिलाकाे शरीरलाई पैसासँग जाेडेर अश्लिल तरिकाले प्रदर्शन गरेर महिलाकाे वस्तुकरण गरिएकाे छ।
कलाकारहरूले प्रयोग गने शब्द, भेषभुषा र प्रस्तुतीले समाजमा अत्पकालीन र दिर्घकालीन असर पार्दछ । नेपाली समाजमा महिलाहरु माथि हुने बलात्कारजन्य हिंसा, मार्नासक र शारीरिक रूपमा हुने हिमा बृद्धिमा सिनेमा, साहित्य र गीतमा महिलाहरूको गरीमा र अस्तिस्त्वलाइ सस्तो र माहलाद्रेषी प्रस्तुती पनि एक कारण हो । वैज्ञानिक समाजवादी महिला सगठन गायक दुर्गेष थापाको गीत “पैमा’को तत्काल म्युजिक भिडियोको प्रशारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई आग्रह गर्दछ ।
हाम्रो अनुरोधलाइ बेवास्ता गरे यस्ता गीत र कलाकारहरूको विरद्ध वैज्ञानिक समाजवादी महिला संगठन आन्दोलन गर्ने चेताबनी दिन चाहन्छौ ।

















