×
Lagani
Lagani Shiksha gif
सेजमा उद्देश्य अनुरूप गरेनन उद्योगले निर्यात, सातवटा उद्योग मात्रै सञ्चालनमा



निर्यातलाई बढाई व्यापार घाटा कम गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको विशेष आर्थिक क्षेत्र(सेज)ले उद्देश्यअनुरूप काम गर्नसकेको छैन ।

रूपन्देहीको रोहिणी गाउँपलिका–१ बगहामा अवस्थित सेजमा सातवटा उद्योग सञ्चालनमा छन् । केही उद्योगले चार वर्षदेखि निर्यात गरिरहेका छन्, तर उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्नेमा प्रावधान रहेको एउटा उद्योग मात्र छ ।

Lagani Shiksha gif
sharehubapk सेजमा उद्देश्य अनुरूप गरेनन उद्योगले निर्यात, सातवटा उद्योग मात्रै सञ्चालनमा

सेज परिसरमा हाल ब्रिलिएन्ट एलइडी, शक्ति मिनरल, विस्तार कम्पनी, पञ्चकन्या उद्योग, जय बुद्ध र एस पोलिमरले उत्पादन गरिरहेका छन् । २०७६ सालदेखि निर्यात गर्न लागेको तीनवटा उद्योगमध्ये आर्थिक वर्ष २०७६-७७ मा ब्रिलिएन्टले ५८ प्रतिशत, शक्ति मिनरलले २४ प्रतिशत र विस्तारले शतप्रतिशत निर्यात गरेका थिए । त्यस्तै, आर्थिक वर्ष ७७-७८ मा ब्रिलिएन्टले २४, शक्तिले २.५ प्रतिशत, विस्तारले ९९ र पञ्चकन्याले २ प्रतिशत मात्र निर्यात गरेको विशेष आर्थिक क्षेत्रका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए ।

त्यस्तै, चालू आर्थिक वर्ष २०७८-७९ को पुस महिनासम्म ब्रिलिएन्टले ४८, शक्तिले १२, विस्तारले ८७ र पञ्चकन्याले १ प्रतिशत मात्र निर्यात गरेको छ । हाल जय बुद्ध र एस पोलिमरले पनि उत्पादन गरिरहेको छ । पहिलो वर्ष अनिवार्य निर्यात गर्नुपर्ने प्रावधान नभए पनि उद्योगले आफ्नो उत्पादन नेपालभित्रै बेच्न पाउने भट्टले बताए ।

देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका सामानहरू उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्न विशेष आर्थिक क्षेत्र ल्याएको हो । सुरुवाती चरणमा उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान रहेकोमा हाल घटाएर ६० प्रतिशत गराइएको छ ।
विशेष आर्थिक क्षेत्रमा विशेष गरी वातावरणलाई असर नगर्ने खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका वस्तु, तयारी पोसाक, गलैचा तथा ऊनी सामान, पश्मिना तथा रेशम, हातेकागजका वस्तु गरी १७ किसिमका उद्योगहरू सेजमा रहने व्यवस्था छ । ५२ बिघामा फैलिएको सेजमा ६८ वटा प्लट छ ।

सेजमा हाल पाँच सय बढीले रोजगारी पाएका छन् । नेपालको जिडिपीमा योगदान गर्ने, व्यापारघाटालाई कम गर्न, स्थानीय र स्वदेशमा रोजगारी प्रदान गर्न, आयातलाई घटाउँदै निर्यात गर्न विशेष आर्थिक क्षेत्र (सेज)को अवधारणा आएकाले देशको आर्थिक समृद्धिमा यसले महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

विशेष आर्थिक क्षेत्र नेपाल सरकारले देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका सामानहरू उत्पादन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्न ल्याएको नीति हो । यो क्षेत्रमा स्थापना हुने उद्योगहरूका लागि प्रारम्भिक आधारभूत विकास निर्माण काम नेपाल सरकारले नै निर्माण गर्छ ।

सेजमा हाल सञ्चालित उद्योगलाई विद्युत उपलब्ध गराए पनि भोल्टेजको समस्या, भन्सार सेजभित्र नभएकाले सेजबाट गएको सामान पनि फर्किंदा कठिनाइ र कर्मचारी अभावले १० देखि ५ बजेसम्म मात्रै उत्पादित वस्तु परिसरबाट बाहिर लैजानुपर्ने व्यवस्था रहेको उद्योगीले गुनासो गरेका छन् ।

विशेष आर्थिक क्षेत्र भैरहवाको कम्पयुटर अपरेटर निरा भट्टराईले भने विद्युत समस्याका लािग सबस्टेसन बनाउन टेन्डर आह्वान भएको छ । त्यस्तै एकद्वारअन्तर्गत भन्सारका लागि कुरा अगाडि बढेको छ । भन्सार कार्यालय नजिकै रहेको बेलहियाबाट ढिलाई नहुने गरी सेजको निर्यातलाई द्रुत गतिमा गर्ने गरी काम भइरहेको छ । परिसरमा हाल बैंक, विमा, हुलाकलगायतका सेवा कार्यालय  छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस