×
आईपीओ निष्कासको तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्तको नाफा ६०% बढ्यो



सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ६०.०८% ले खुद नाफा वृद्धि गरेको छ । पुस मसान्तसम्म ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यहि त्रैमासमा यसले ३ करोड ६३ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

चालू आवको दोस्रो त्रैमासमा भने कम्पनीको सञ्चालन नाफा भने २३ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. ३ करोड ६ट लाख २४ हजार रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ६ करोड ४२ लाख मा झरेको हो ।

पुससम्ममा कम्पनीको खुद ब्याज आम्दानी ५४.१४% ले बढ्दा सञ्चालन नाफा भने २३.२१% ले घटेको छ । यो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६ करोड ४२ लाख रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ ।  त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको छ भने जगेडामा रू. १५ करोड २८ लाख २९ हजार सञ्चित गरेको छ ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ६ करोड ४२ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

लघुवित्तले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागीसकेको छ ।  कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ ल्याउन अनुमति मागेको हो ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न रेटिङ  एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको देखाउँछ । संस्थाले संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेतलाई छुट्याएर सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मुल्य दरको ३ लाख ९५ हजार ३ सय ३५ दशमलव ९७०४ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे हाे ।

साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

बागलुङ बजारमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले शालिग्राम लघुवित्तलाई एक्विजिसन गरेको छ । एक्विजिसनपश्चात् वित्तीय संस्थाको अधिकृत पूँजी २० करोड रुपैयाँ र जारी पूँजी १२ करोड १६ लाख ४१ हजार ८३७ रुपैयाँ पुगेको छ ।संस्थाले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिँदै आईरहेको छ ।

 

9.5 min scaled 1 आईपीओ निष्कासको तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्तको नाफा ६०% बढ्यो

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस