×
Lagani
Lagani Shiksha gif
चौतर्फी आलोचना भएपछि रामचन्द्र पौडेलले दिए यस्तो जवाफ , जसले पुरै कांग्रेस हल्लायो



नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू महाधिवेशनमा प्रतिस्पर्धाबाट अलग बस्नु राजनीतिक यात्रामा विश्राम नभइ केही क्षणको अल्पविराम भएको बताएका छन् ।

१४ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै नेता पौडेलले आफूलाई साथीहरुले ‘रामचन्द्रजी अब पार्टिभित्रको चुनावमा लड्नु हुँदैन, जोगिएर रहनुपर्छ’ भनेकाले आफू प्रतिस्पर्धाबाट अलग रहेको र त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेको उल्लेख गरेका छन् ।

Lagani Shiksha gif
sharehubapk चौतर्फी आलोचना भएपछि रामचन्द्र पौडेलले दिए यस्तो जवाफ , जसले पुरै कांग्रेस हल्लायो

आफ्नो राजनीतिक यात्रा जारी रहेको भन्दै उनले अविछिन्न अगाडि बढिरहने संकल्प रहेको उल्लेख गरेका छन्। उनले नेता कार्यकर्ता र शुभचिन्तकलाई आफूप्रतिको विश्वासलाई सदैव सम्मान गर्ने उल्लेख गरेका छन्।

ramchandra paudel चौतर्फी आलोचना भएपछि रामचन्द्र पौडेलले दिए यस्तो जवाफ , जसले पुरै कांग्रेस हल्लायो

यी हुन् चुनाव जित्ने कांग्रेस शीर्ष नेताका पत्नी : नेपाली कांग्रसको १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीसहित सम्पूर्ण पदको नतिजा सार्वजनिक भएको छ । बिहीबार मतगणना सकिएर साँझ सार्वजनिक मतपरिणाममा केही चर्चित हस्ती पराजित भएका छन् भने केही शीर्ष नेताका पत्नी निर्वाचित भएर आएका छन् ।

पदाधिकारीमा युवाको दबदबमा रहेको नयाँ केन्द्रीय समितिमा शीर्ष नेताका पत्नीदेखि छोराछोरीसम्म प्रतिस्पर्धामा थिए ।
सुरुमा त सभापति शेरबहादुर देउवाकै पत्नी आरजु राणा देउवाको नाम आउँछ । छोरा जयवीरलाईसमेत राजनीतिमा अवतरण गराइसकेका बेला देउवाकी पत्नी आरजु यसपालि केन्द्रीय सदस्यमा चुनाव लडिन् ।

खुला महिलातर्फ तीन नम्बरमा २५३६ मतसहित निर्वाचित भइन् । १५औं महाधिवेशनमा आरजु महामन्त्रीमा उठ्दै देउवाको विरासत अगाडि बढाउने चर्चा कांग्रेसमा छ ।

दोस्रोमा गृहमन्त्री एवं सर्वाधिक तेस्रो मत ल्याएर खुला केन्द्रीय सदस्यमा निर्वाचित बालकृष्ण खाणकी पत्नीले पनि चुनावमा जित हासिल गरेकी छन् । महिला संघकी महासचिवसमेत रहेकी गृहमन्त्री पत्नी मञ्जु खाणले महिला खस आर्यतर्फ सर्वाधिक मत ल्याएर प्रथम स्थानमा निर्वाचित भइन् ।

यस्तै, कांग्रेसका प्रभावशाली नेता स्व. खुमबहादुर खड्काका पत्नी शिला खड्का पनि भुगोलतर्फ लुम्बिनीबाट २६७३ मतसहित निर्वाचित भइन् । खुमबहादुरको निधनपछि शिला र उनका छोरा अनुराग कांग्रेसको राजनीतिमा होमिएका छन् । शिलालाई सभापति देउवाले यसअघि खुमबहादुरको निधनपछि केन्द्रीय सदस्य मनोनित गरेका थिए ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा २१३८ मतसहित विजयी भएका छन् । रामवरणकी भतिजी एवं वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी किरण यादव भने पराजित भएकी छन् ।

कांग्रेसको पराजित हुने सूचीमा चर्चित नेताहरुसमेत रहेका छन् ।  विजयकुमार गच्छदार, महेश आचार्य, चन्द्र भण्डारी, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, गिरिजापुत्री सुजाता कोइराला, पूर्वमन्त्री हृदयराम थानीलगायतले पराजय व्यहोरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस