×
Lagani
Lagani Shiksha gif
घर बनाउँन सबैलाई ३२ लाखसम्म दिने निर्णय , तपाईले पनि यसरी लिन सक्नु हुन्छ।



काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्र सम्पदामैत्री घर बनाउनेलाई ८ लाखदेखि ३२ लाख रुपैयाँसम्म अनुदान दिने भएको छ ।

यसअघि भक्तपुर नगरपालिका लगायत स्थानीय तहले कार्यान्वयनमा ल्याइसकेको यो व्यवस्था लागू गर्न काठमाडौं महानगरले चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरेको महानगरपालिकाले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk घर बनाउँन सबैलाई ३२ लाखसम्म दिने निर्णय , तपाईले पनि यसरी लिन सक्नु हुन्छ।

गत साउन २० गते महानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशित गरेको काठमाडौं महानगरपालिका सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि, २०७८ ले सम्पदामैत्री भवनलाई चार भागमा विभाजन गरी अनुदानको व्यवस्था गरेको छ । उक्त मापदण्ड अनुसार भवन बनाउन चाहनेहरुले महानगरपालिकामा अनुदानको लागि मागदाबी गर्न सक्ने व्यवस्था गरेको छ । तर अहिलेसम्म कसैले पनि अनुदान माग नगरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

कस्तो घर बनाउँदा कति अनुदान ?

परम्परागत घरलाई जस्ताको त्यस्तै राख्ने वा नयाँ घरमा पनि पुरानो मोहडा निकाल्ने गरी दुई किसिमको मापदण्ड तोकिएको छ । कुनैपनि मल्लकालीन वा राणाकालीन घर जस्तो अवस्थामा थियो त्यसैलाई रेट्रोफिटिङ वा मर्मत गरेर जस्ताको त्यस्तै संरक्षण गरिएको घरलाई क वर्गमा राखिएको छ । यस्तो घर संरक्षित स्मारक वा सम्पदा क्षेत्र, मिश्रित एवं पुरानो बस्ती वा त्यसबाहिर निर्माण गर्दा प्रतिवर्गफिट ४,००० को दरमा ३२ लाख रुपैयाँ नबढ्ने गरी अनुदान दिइने महानगरपालिकाको राजपत्रमा उल्लेख छ ।

त्यस्तै, जस्ताको त्यस्तै जीर्णोद्धार गर्न नसकिने घरलाई भत्काएर पुरानै शैली र सामग्रीमा पुनर्निर्माण गर्ने घरलाई थोरैमा १६ लाखदेखि बढीमा २० लाख रुपैयाँसम्म अनुदान दिइने छ । ख वर्गको घर यदि संरक्षित स्मारक वा सम्पदा क्षेत्रमा निर्माण भएको छ भने त्यो घरधनीलाई २० लाख रुपैयाँ र त्यसभन्दा बाहिर बनेको घरलाई १६ लाख रुपैयाँसम्म अनुदान दिने महानगरपालिकाले जनाएको छ ।

त्यस्तै, पहिले आधुनिक शैलीमा बनिसकेको घरलाई अघिल्लो मोहडा पुरानो शैलीमा बनाएर स्वरुप परिवर्तन गरिने घरलाई ग वर्गमा राखिएको छ । यो वर्गको घरलाई १६ लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म अनुदानको व्यवस्था गरिएको छ । जसअन्तर्गत संरक्षित स्मारक तथा सम्पदा क्षेत्रभित्र बनेका घरलाई १६ लाख रुपैयाँ, मिश्रित एवं पुरानो बस्ती रहेको क्षेत्रभित्र बनेका घरलाई १४ लाख रुपैयाँ र महानगरभित्रको अन्य ठाउँमा बनाउने घरलाई १२ लाख रुपैयाँसम्म अनुदान दिइने महानगरपालिकाले जनाएको छ ।

त्यस्तै, नयाँ घर बनाउँदा नै मोहडा प्राचीन शैलीको बनाएर निर्माण गरिने घरलाई घ वर्गमा राखिएको छ । यो घर सम्पदा वा स्मारक क्षेत्रमा बनाउनेलाई १२ लाख रुपैयाँसम्म अनुदान दिइने छ । मिश्रित तथा पुरानो बस्तीभित्र घर बनाउँदा १० लाख र बाहिरी क्षेत्रमा घर बनाउँदा ८ लाख रुपैयाँसम्म अनुदान दिइने महानगरपालिकाले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ ।

यस्तो अनुदान नक्सा वा डिजाइन स्वीकृत भई अनुदानका लागि छनोट गरिएका भवनको निर्माण कार्य सम्पन्न भएको प्रतिशतको आधारमा समितिबाट फिल्ड निरीक्षण गरी सिफारिस पेश भएपछि पहिलो किस्तामा ५० प्रतिशत र अन्तिम किस्ता निर्माण सम्पन्न भएपछि समितिले फिल्ड निरीक्षण गरेर दिनेछ ।

सम्पदा संरक्षणको सवालमा सधैं आलोचित भइरहने काठमाडौं महानगरको यो नीतिले काठमाडौंको मौलिकता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सम्पदा संरक्षणमा खटिएका अभियान्ता एवं संरक्षणविद्हरुले प्रशंसा गरेका छन् । संम्पदा संरक्षणविद् रविन्द्र पुरी जनप्रतिनिधिहरुको अन्तिम वर्षमा काठमाडौं महानगरपालिकाले सराहनीय काम गरेको बताए । ‘यसअघि नै अरु कतिपय नगरपालिकाले यसको अभ्यास गरिसकेको भएपनि मुलुककै जेठो नगरपालिकाले यसलाई आत्मसात गर्न सकेको थिएन,’ पुरी भन्छन्, ‘सम्पदा संरक्षणमा यो मापदण्ड र अनुदानको व्यवस्थाले महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास छ ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस