LBBLD89 1119 4 HLI 399 3.9 MLBSL 1900 61 SJCL 269.9 1.9 SMJC 363 2 HBLPO 123.2 0 SEF 8.08 -0.02 PRVU 139 -1 UPPER 164.5 -1.5 VLBS 909 43 TSHL 510 10 LLBS 1145 72.9 UNHPL 219.2 -0.9 RLFL 385 -3.5 LBBL 372 -4.4 MLBL 328 -2 FOWAD 1261 51 ALICLP 312 0 GLH 205 0 GRDBL 427.4 -4.6 SINDU 384.6 -5.3 HEIP 355 9 NICSF 8.75 -0.05 JBBL 293 -5 NIMBD90 1081 0 SGIC 529 -5.9 LEMF 9.5 -0.19 SJLIC 406 -8 SFEF 7.71 -0.14 PRSF 8.55 0 SBL 227.5 -1.3 BARUN 235 3.1 SAEF 9.82 -0.08 RADHI 232 -3 SBID89 1001 -14 SAMAJ 2352 -48 BNHC 520 0 NMB50 9.26 -0.29 MAKAR 370 -3.9 HLBSL 1060.4 96.4
×
ओमिक्रोन भेरियन्टबाट सम्पूर्ण युरोप नै तहसनहस हुने चेतावनी , क्रिसमसमा अझै फैलिन सक्ने



कोभिड महामारीको नयाँ भेरियन्टका क्रिसमसको समयमा अझै फैलिन सक्ने विज्ञहरुले सावधानी दर्शाएका छन् ।

क्रिसमसमा हुने भिडभाड र यात्राले कोभिडविरुद्ध पूर्ण खोप लगाएका व्यक्तिलाईसमेत संक्रमण फैलिन सक्ने विज्ञहरुले सावधानी दर्शाएका हुन् ।  ओमिक्रोन असाधारण रुपमा फैलिएकोले क्रिसमसमा अनावश्यक भिडभाड नगर्न तथा लामो यात्रा स्थगन गर्न अमेरिकी विज्ञ डा. एन्थोनी फाउचीले सुझाएका छन् ।

कोभिडको नयाँ उत्परिवर्तित स्वरूप फैलन नदिन युरोपेली देशले लकडाउनलगायत विभिन्न प्रतिबन्ध लागू गरेका छन् । नेदरल्यान्ड्सले क्रिसमसको पूर्वसन्ध्यामा लकडाउन घोषणा गरेको छ भने फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लगाएकाे छ । नेदरल्यान्ड्सले क्रिसमस नजिकिँदै गर्दा कडा लकडाउन लागु गरेको छ ।

यसैबीच युरोपेली युनियनका प्रमुख  युर्सुला लेयनले मध्यजनवरीमा ओमिक्रोन भेरियन्टबाट सम्पूर्ण युरोप नै तहसनहस हुने चेतावनी दिएका छन् ।

ओमिक्रोन भेरियन्ट नोभेम्बरको अन्त्यतिर सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । संक्रमण देखिएपछि दक्षिण अफ्रिकामाथि विभिन्न देशहरुले यात्रा प्रतिबन्ध लगाएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस