उत्तर कोरियामा सरकारले चरम यातना दिएर मृत्युदण्ड दिने गरेको पाइएको छ ।
सरकारले दोषी ठहर गरेका एक व्यक्तिको अनुहारमा आगोको लप्का फालेर अनुहार कुरुप पारेर मृत्युदण्ड दिइने गरेको दक्षिण कोरियास्थित ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुपले जनाएको छ । किमले सत्ता सम्हालेपछि राज्यले अनुमोदन गरेका मृत्युदण्डका २७ घटनाहरुको विश्लेषण गरेको थियो ।
सार्वजनिक स्थलमा मृत्युदण्ड सुनाइएका २३ घटनामध्ये २१ जनाको गोली हानेर र २ जनाको झुन्डाएर मृत्युदण्ड दिइएको थियो । तर, सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा धेरैलाई मृत्युदन्ड सुनाइएको हुन सक्ने ग्रुपले जनाएको छ ।
किम जोङ इलको १०औं वार्षिकीः ११ दिनसम्म सर्वसाधारणलाई नहास्न उर्दी : उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाको सत्ता सम्हालेको १० वर्ष पुगेको छ । १० वर्षअघि २७ वर्षीय किमले सत्ताको बागडोर सम्हाल्दा उनी विश्वभरका पत्रपत्रिकाका मुख्य समाचार बनेका थिए ।
किमले सत्ता सम्हालेको १० वर्ष पुगेको अवसरमा उत्तरले विभिन्न कार्यक्रम आयोजना गरेर मनाइरहेको छ । किम जोङ उनले सत्ता सम्हालेको १०औं वर्ष मनाइरहेका बेला उनका बाबुको १०आंै वार्षिकीका अवसरमा सर्वसाधरणलाई विभिन्न प्रतिबन्ध लगाइएको छ ।
सरकाले उत्तर कोरियाली नागरिकलाई ११ दिनसम्म हाँस्न र पिउन प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले इलको मृत्युको वार्षिकी मनाइरहेका बेला सर्वसाधारणलाई कुनै खुसी व्यक्त नगर्न निर्देशन दिइएको सरकारी अधिकारीले जनाएका छन् ।
किम जोङ इलले सन् १९९४ देखि सन् २०११ सम्म (मृत्युपर्यन्त) शासन गरेका थिए । इलको मृत्युपछि उनकै कान्छा छोरा किम जोङ उन उत्तराधिकारी बनेका थिए । अहिले इलको मृत्यु भएको १० वर्षपछि उत्तर कोरियाली नागरिकलाई ११ दिनसम्म शोक मनाउन र खुसीयाली व्यक्त नगर्न निर्देशन दिइएको छ ।
‘शोकको समयमा हामीले मदिरा पिउन वा हाँस्न र अन्य रमाइला कार्यक्रममा रमाउन हुँदैन,’ उत्तरपूर्वी सहर सिनउजुका एक सर्वसाधारणले रेडियो फ्रि एसियालाई भने । इनको मृत्यु भएको दिन १७ डिसेम्बरमा उत्तर कोरियालीलाई किराना पसलमा जानसमेत रोक लगाइएको छ ।
यसअघि वार्षिकीमा मदिरा पिउने वा खुसी मनाउने कार्यक्रममा संलग्न व्यक्तिलाई सरकारले पक्राउ गरेको थियो । अहिले त्यस्तो नहोस भनेर सरकारले प्रतिबन्ध लगाएको अधिकारीहरुले बताएका छन् ।
किम जोङ इलको सन् २०११ को १७ डिसेम्बरमा ह्यदघातका कारण ६९ वर्षको उमेरमा निधन भएको थियो । इलले उत्तर कोरियामा १७ वर्षसम्म तानाशाही सत्ता चलाएका थिए ।
















