सेन्चुरी कमर्सियल बैंकले सेयरधनीलार्ई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७र०७८ को नाफाबाट पाँच दशमलव ७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलव ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।यसअनुसार बैंकले सभामा ५१ करोड ९४ लाख ७९ हजार ७९६ रुपैयाँ बराबरको बोनस सेयर र दुई करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ नगद खर्चिनेछ । गत वर्ष बैंकले पाँच दशालव २५ प्रतिशत बोनस र दुई दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted















