×
Lagani
Lagani Shiksha gif
उत्तर कोरियामा ११ दिनसम्म हाँस्न र पिउन नपाइने , त्यस्तो गर्नेलाई पक्राउ गरिने

{"caption":"u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930 : u0915u0947u0938u0940u090fu0928u090f","photographer":"","alt_text":""}



उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाको सत्ता सम्हालेको १० वर्ष पुगेको छ ।

१० वर्षअघि २७ वर्षीय किमले सत्ताको बागडोर सम्हाल्दा उनी विश्वभरका पत्रपत्रिकाका मुख्य समाचार बनेका थिए । किमले सत्ता सम्हालेको १० वर्ष पुगेको अवसरमा उत्तरले विभिन्न कार्यक्रम आयोजना गरेर मनाइरहेको छ । किम जोङ उनले सत्ता सम्हालेको १०औं वर्ष मनाइरहेका बेला उनका बाबुको १०आंै वार्षिकीका अवसरमा सर्वसाधरणलाई विभिन्न प्रतिबन्ध लगाइएको छ ।

Lagani Shiksha gif
sharehubapk उत्तर कोरियामा ११ दिनसम्म हाँस्न र पिउन नपाइने , त्यस्तो गर्नेलाई पक्राउ गरिने

सरकारले प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले इलको मृत्युको वार्षिकी मनाइरहेका बेला सर्वसाधारणलाई कुनै खुसी व्यक्त नगर्न निर्देशन दिइएको सरकारी अधिकारीले जनाएका छन् ।

किम जोङ इलले सन् १९९४ देखि सन् २०११ सम्म (मृत्युपर्यन्त) शासन गरेका थिए । इलको मृत्युपछि उनकै कान्छा छोरा किम जोङ उन उत्तराधिकारी बनेका थिए । अहिले इलको मृत्यु भएको १० वर्षपछि उत्तर कोरियाली नागरिकलाई ११ दिनसम्म शोक मनाउन र खुसीयाली व्यक्त नगर्न निर्देशन दिइएको छ ।

‘शोकको समयमा हामीले मदिरा पिउन वा हाँस्न र अन्य रमाइला कार्यक्रममा रमाउन हुँदैन,’ उत्तरपूर्वी सहर सिनउजुका एक सर्वसाधारणले रेडियो फ्रि एसियालाई भने । इनको मृत्यु भएको दिन १७ डिसेम्बरमा उत्तर कोरियालीलाई किराना पसलमा जानसमेत रोक लगाइएको छ ।

यसअघि वार्षिकीमा मदिरा पिउने वा खुसी मनाउने कार्यक्रममा संलग्न व्यक्तिलाई सरकारले पक्राउ गरेको थियो । अहिले त्यस्तो नहोस भनेर सरकारले प्रतिबन्ध लगाएको अधिकारीहरुले बताएका छन् ।

किम जोङ इलको सन् २०११ को १७ डिसेम्बरमा ह्यदघातका कारण ६९ वर्षको उमेरमा निधन भएको थियो । इलले उत्तर कोरियामा १७ वर्षसम्म तानाशाही सत्ता चलाएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस