×
Lagani
Lagani Shiksha gif
आइतबार यी ठाउँमा सार्वजनिक बिदा ( सुचना सहित )



सरकारले ४ पुस आइतबार उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा भने सबैलाई सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेर मन्त्रिपरिषद्को १ पुस २०७८ मन निर्णयअनुसार आइतबार देशभर सम्बन्धित् समुदाय र काठमाडौं उपत्यकामा भने सबैलाई सार्वजनिक बिदा दिएको जानकारी दिएको छ । press note griha आइतबार यी ठाउँमा सार्वजनिक बिदा ( सुचना सहित )

Lagani Shiksha gif

शिक्षकलाई कोरोना संक्रमणपछि एक साता विद्यालय बन्द : पाख्रिबास नगरपालिका-५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयका एक शिक्षकलाई कोभिड-१९ संक्रमण पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ। विद्यालयमा कार्यरत शिक्षकलाई काेराेना देखिएपछि १० पुससम्म विद्यालय बन्द गरेकाे विद्यालयले जनाएको छ।

विद्यालयमा कार्यरत ति शिक्षककाे कोभिड-१९ परिक्षण गर्दा नतिजा पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताए। पोजेटिभ आएका शिक्षक घरैमा होम आइसाेलेसनमा छन् । विद्यालयमा कार्यरत अन्य दुई शिक्षकमा पनि कोभिड संक्रमणको आशंका गरिएकोमा नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताए।

१० पुसपछि संक्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहे पुन: बैठक बसेर निर्णय गर्ने  रिमालले जानकारी दिए।

यता, पाख्रिबास नगरपालिकाले भने कोभिड- १९ को परीक्षणको व्यवस्था मिलाएको जनाएको छ। नगरप्रमुख वृषबहादुर राईले कोभिडको आशंका लागेका सबै विद्यार्थी र शिक्षकको परीक्षणको तयारी भइरहेको जानकारी दिए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस