नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको साधारण शेयर (आईपीओ) सूचीकृत भएको छ।
यस सूचीकरणसँगै कम्पनीको कुल ८६ लाख कित्ता शेयर कारोबारका लागि उपलब्ध भएको छ। कम्पनीको सिम्बोल (MEPDL) बाट नेप्सेमा यसको कारोबार हुनेछ। नेप्सेले यस कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ।
यही निर्धारित मूल्य सीमाभित्र आज हुने विशेष प्रि-ओपन सेसनमा यस कम्पनीको पहिलो शेयर कारोबार सुरु हुनेछ। यो सूचीकरणले लगानीकर्ताहरूका लागि थप लगानीको अवसर सिर्जना गरेको छ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted














