×
Lagani
Lagani Shiksha gif
पुष्पा स्टारर अल्लु अर्जुनले खोले ८ पर्दा रहेकाे भब्य नयाँ सिनेमा हल



हैदारावाद, २६ साउन । दक्षिण भारतीय सिनेमाका ‘आइकन स्टार’ अल्लु अर्जुनले विशाखापटनममा आफ्नो नयाँ सिनेमा हल ‘एएए सिनेमाज’ को सुरुवात गरेका छन्। 

 

Lagani Shiksha gif
sharehubapk पुष्पा स्टारर अल्लु अर्जुनले खोले ८ पर्दा रहेकाे भब्य नयाँ सिनेमा हल

तेलुगु चलचित्रको प्रमुख बजारमध्ये एक मानिने विशाखापटनममा अवस्थित यस सिनेमा हललाई दर्शकहरूलाई चलचित्रका साथै भव्य र उत्कृष्ट सिनेमा हेर्ने अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ। ‘एएए सिनेमाज’ मार्फत अल्लु अर्जुनले मनोरञ्जन उद्योगमा आफ्नो संलग्नतालाई नयाँ उचाइमा पुर्‍याउने दिशामा एक कदम अघि बढाएका छन्। यसले दर्शकहरूलाई उत्कृष्ट मनोरञ्जन सुविधा प्रदान गर्ने एक सुदृढ मनोरञ्जन प्रणाली निर्माण गर्ने उनको दृष्टिकोणलाई पनि झल्काएको भारतीय सञ्चारमाध्यमले जनाएका छन।

 

‘एएए सिनेमाज’ दर्शकहरूलाई जीवन्त र विश्वस्तरीय चलचित्र हेर्ने अनुभव प्रदान गर्न अत्याधुनिक प्रविधिले सुसज्जित छ। यस मल्टिप्लेक्समा ८ वटा स्क्रिनहरू छन् र यहाँ कुल १ हजार ५५६ सिटको क्षमता रहेको छ। यसमा भारतको पहिलो ‘एलईडी प्रोजेक्सन क्यु–लक्सन’ स्क्रिन तथा आन्ध्र प्रदेशकै सबैभन्दा ठूलो ७० फिट गुणा  ३० फिटको एलईडी सिनेमा स्क्रिन रहेको दाबी गरिएको छ। साथै, यस थिएटरमा पाहुनाहरूका लागि विशेष भिआइपी प्रवेशद्वार र आरामदायी ‘रिक्लिनर’ सिटसहितको ‘आइकन स्टार लाउन्ज’को व्यवस्था छ भने ‘८२ लाउन्ज’मा निजी प्रदर्शन र विशेष कार्यक्रमहरू आयोजना गरिन सकिनेछ।

 

अल्लु अर्जुनले आफ्नो उत्कृष्ट अभिनय र धेरैजसो ब्लकबस्टर चलचित्रहरूमार्फत विश्वव्यापी रूपमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनी देशका प्रमुख ‘प्यान इन्डिया’ अर्थात सम्पूर्ण भारतभरि प्रभाव भएका सुपरस्टारहरू मध्ये एक हुन्। अब, आफ्नो स्टारडमलाई केवल चलचित्रमा मात्र सीमित नराखी उनले आफूले अगाध विश्वास गर्ने मनोरञ्जन उद्योग मै लगानी गरिरहेका छन्। ‘एएए सिनेमाज’को सुरुवातलाई यस दिशामा एउटा महत्त्वपूर्ण कदम मानिएको छ। यस हलमार्फत दर्शकहरूलाई उत्कृष्ट सुविधा र आधुनिक प्रविधियुक्त उच्चस्तरीय सिनेमाको अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।

 

कामको कुरा गर्दा अल्लु अर्जुन आफ्नो आगामी चलचित्र ‘राका’ का कारण पनि चर्चामा छन्। चलचित्रका लागि उनको नयाँ रूप अर्थात लुक झल्काउने पोस्टर सार्वजनिक हुना साथ यसले सामाजिक सञ्जालमा निकै चर्चा बटुल्यो। उनको नयाँ पात्रको रूपले प्रशंसकहरूमाझ उत्साह जगाएको छ र दर्शकहरू ठूलो पर्दामा उनको पुनरागमनको व्यग्र प्रतीक्षा गरिरहेका छन्। ‘एएए सिनेमाज’ को सुरुवातसँगै अल्लु अर्जुनले आफ्नो अभिनय यात्राका साथसाथै समग्र चलचित्र मनोरञ्जन क्षेत्रलाई सुदृढ बनाउने दिशामा पनि कदम चालिरहेको प्रमाणित गरेका छन्।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस