कांग्रेस महामन्त्रीमा गगनकुमार थापा सर्वाधिक मत ल्याएर विजयी भएका छन् । उनीसँगै विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा विजयी भए ।
थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । यस्तै महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत ल्याएर पराजित भएका संयोजक घिमिरेले जानकारी दिए ।
उनका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३ मत बदर भएको छ ।अन्तिम परिणाम सार्वजनिक भएपछि हँसिलो मुद्रामा उपस्थित भएर थापा र शर्माले सानेपास्थित पार्टी कार्यालयमा उपस्थित कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए ।
थापाको जन्म २०३३ सालमा काठमाडौँको प्रसूति गृहमा भएको हो। उनका मातापिता महेन्द्र कुमार थापा र रामेश्वरी थापा हुन्। उनका हजुरबुवा सोलुखुम्बु जिल्लाको खाल्पा गाउँका धनी मुखिया भीमराज थापा हुन्। उनको जन्म कश्यप गोत्रीय गोदार थापा कुलमा भयो ।
गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो। उनका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए। गगनका एक दाजु र दुई भाइ छन्। दाजु पवन हुन् भने भाइहरू सुमन र जीवन। गगनले सिर्द्धार्थ वनस्थली हाइस्कूलमा पढे। त्यहाँ पढुञ्जेल उनको इच्छा डाक्टर या इन्जिनियर बन्ने नै थियो। परिवार र विद्यालयमा पनि त्यही सिकाइन्थ्यो। २०४६ सालको जनआन्दोलनमा गगन सक्रिय भए। त्यतिबेला उनी कक्षा ९ मा पढ्थे। तर, राजनीतिमा लाग्ने सोचाइ थिएन।
दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापतिको प्रभावशाली भूमिका निर्वाह गरेका थापा नेपाली काग्रेसका युवा नेता गगन थापा एक सभासदको रूपमा सदा चर्चाको शिखरमा रहे ।समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम ग रेका थिए ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला काङ्ग्रेस पार्टी गतन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित हुन्। दर्जनौ पटक हिरासतमा परेका थापाले चलचित्र हेर्ने, अध्ययन र घुमफिर आफ्नो रुचि भएको बताउँछन् । संविधान सभामा नेपाली काङ्ग्रेस नामक पुस्तकका लेखक थापाले नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीकी छोरी डा. अञ्जना केसी सँग २०६५ वैशाखमा विवाह गरेका थिए।
राजनीति प्रवेश – त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि चाहिँ उनी विद्यार्थी सङ्गठनमा लागे । नेविसंघको सदस्य भए। २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए। त्यसपछि उनले राजनीति मार्फत नै अघि बढ्ने अठोट गरे। त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै सभापति बने।
२०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको संलग्नता बढ्यो। उन उपाध्यक्ष हुँदै महामन्त्री सम्म बने। जीवनमा पहिलो पटक २०५१ सालमा हिरासत बस्नुपर्यो। त्यतिबेला एमालेको अल्पमतको सरकार थियो। गृहमन्त्री केपी ओली थिए। नेविसंघले नेपाल बन्द आह्वान गरेको थियो।
त्यसपछि उनी ८, १० पटक जेल परे । २०५९ असोज १८ पछि सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वमा उनसहित गुरुराज घिमिरे र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लाग्यो। त्यसपछि उनको अधिकांश समय सडक आन्दोलनमा बित्यो। माघ १९ पछि पनि गगनलाई राजद्रोहको मुद्दाले छाडेन। उन पक्राउ पर्दै छुट्दै गरे ।
लोकतान्त्रिक आन्दोलनमा उनको प्रखर वक्तृत्व अनि लोकप्रिय छविको जताततै प्रशंसित भयो। हुँदा हुँदै उनी लोकतन्त्र कै नायक बन्न सफल भए। नेपाली काँग्रेसको १३ औ महाधिवेशनमा महामन्त्री पदको लागि आफ्नो उम्मेदारी घोषणा गरेका थिए । तर उनले हारे । यसपटक उनले करिब दुई तिहाई मतले महामन्त्री जिते ।
उनलाई नेपाली काँग्रेसको भावी सभापति र प्रधानमन्त्रीको रुपमा समेत हेर्न थालिएको छ । उनी प्रचण्ड प्रधानमनत्री हुँदा २०७३ मा स्वास्थमन्न्री बनेका थिए । त्यतिबेला उनले राम्रो काम गरेका थिए । स्वास्थ्य विमा, मृगौला रोगीहरुको निशुल्क डाइलासिस लगायतका विभिन्न कामहरु गरेर उनी लोकप्रिय बनेका हुन् । काँग्रेसको महामन्त्री बनेसँगै उनको राजनीति कसरी अघि बढ्छ र उनी के कस्ता कामहरु गर्छन भने हेर्न बाँकी नै छ ।
















