×
Lagani
Lagani Shiksha gif
सात हजारमा ग्यास सिलिन्डर बिक्री गर्ने व्यापारी पक्राउ: कालोबजारीको जालोमा उपभोक्ता



भक्तपुरको दुवाकोटमा खाना पकाउने ग्यासको चर्को कालोबजारी भएको छ। उपभोक्तालाई प्रतिसिलिन्डर सात हजार रुपैयाँसम्म असुलेको अभियोगमा स्थानीय व्यापारी तुलसीराम त्वयनालाई प्रहरीले पक्राउ गरेको छ। चाँगुनारायण नगरपालिका-२, बारुदखाना चोकस्थित आफ्नो किराना पसलमार्फत त्वयनाले ग्यासको कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्यमा बिक्री गरेको उजुरी परेको थियो।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग दुवाकोटबाट प्रहरी नायब निरीक्षक खिलबहादुर दुलालको नेतृत्वमा खटिएको टोलीले शनिबार बिहान त्वयनालाई रंगेहात पक्राउ गरेको हो। उपभोक्ताले अनलाइनबाट रकम भुक्तानी गर्नासाथै प्रहरीले उनलाई नियन्त्रणमा लिएको र सो क्रममा तीन थान भरिएका ग्यास सिलिन्डरसमेत बरामद गरिएको जिल्ला प्रहरी वृत्त थिमिले जनाएको छ।

Lagani Shiksha gif
sharehubapk सात हजारमा ग्यास सिलिन्डर बिक्री गर्ने व्यापारी पक्राउ: कालोबजारीको जालोमा उपभोक्ता

पछिल्लो समय भक्तपुरसहित देशका विभिन्न भागमा खाना पकाउने ग्यासको अभाव छचल्किँदै आएको छ। यही मौका छोपी केही व्यापारीले कृत्रिम अभाव खडा गरी कालोबजारी गरिरहेको उपभोक्ताहरूको गुनासो छ। यस सन्दर्भमा प्रहरी प्रशासनले बजार अनुगमन र निगरानी थप कडा पार्नुपर्ने माग उठेको छ।

सामाजिक अभियन्ता प्रेमध्वज मोक्तानले साना व्यवसायी मात्र नभई ठूला व्यापारीमाथि पनि कडा कारबाही गरिनुपर्नेमा जोड दिएका छन्। बजारमा ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न र उपभोक्तालाई ठगिनबाट बचाउन नियामक निकायहरूको सक्रियता आवश्यक रहेको उहाँले बताउनुभयो। कालोबजारीमा संलग्न जोकोहीलाई पनि कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस