×
Lagani
Lagani Shiksha gif
अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’



काठमाडौं, २३ साउन । तराई मधेस केन्द्रित युवा नेता अनिल महासेठले मधेसवादी र ‘मधेसी बामपन्थी’ बिच सदैव एक अर्का प्रति शंकालु रहदैँ आएको टिप्पणी गरेका छन ।

 

Lagani Shiksha gif
sharehubapk अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

उपेन्द्र यादव, प्रभु साह र जनार्दन शर्मालगायत ‘बाम पृष्ठभुमी’ का नेताहरूले ‘अग्रगामी मोर्चा’को आज घोषणा सभा आयोजना गरिरहेको बेला युवा नेता महासेठले मधेसवादी र मधेसी बामपन्थी एक अर्का प्रति सदैव शंकालु रहेको टिप्पणी गरेका हुन । 

‘मधेशको राजनीतिमा सुरुदेखि नै हाम्रा आदरणीय अग्रज नेताजीहरूको स्कुलिङ एउटै थिएन, कोही मधेश र मधेशवादको स्कुलिङबाट आउनुभयो, कोही लोकतान्त्रिक स्कुलिङबाट, कोही बामपन्थी स्कुलिङबाट त कोही त अलगाववादको स्कुलिङसमेत पार गरेर यहाँसम्म आइ पुग्नुभयो,’ उनको टिप्पणी छ, ‘त्यसैले मधेशवादी र लोकतान्त्रिक स्कुलिङबीच कहिलेकाहीँ ‘हामी त एउटै परिवारका हौँ’ भनेर चिया खान सकिने अवस्था रह्यो तर बामपन्थी र मधेशवादी स्कुलिङको भेटचाहिँ प्रायः यस्तो हुने गरेको छ, एकले अर्कालाई हेर्दा चस्मा त पारदर्शी हुन्छ तर नजर भने शंकालु ।’

आज घोषणा हुन लागेको ‘अग्रगामी मोर्चा’मा बामपन्थी स्कुलिङबाट आएका समूहको प्रभाव र वर्चस्व देखिएको उल्लेख गर्दै युवा नेताले सो मोर्चामा अब अलगाववादी समुह प प्रवेश गरेको भन्दै उनले प्रश्न गरेको छन, ‘अब प्रश्न यति मात्र हो, मोर्चा साँच्चिकै अग्रगामी बन्ने हो कि पुरानै स्कुलिङतिर ?’

 

उनले यो पनि आशंका गरेका छन कि मधेशको अधिकारको कुरा गर्दा मधेशवादको इतिहासलाई पाठ्यक्रमबाट हटाएर ‘अग्रगामी राजनीति’ पढाइने त होइन ? उत्पीडित समुदायको मुक्तिको कुरा गर्दा उनीहरूको आफ्नै आवाजभन्दा कुनै पुरानो वैचारिक सिलेबस ठूलो हुने त होइन ?

‘हामी चाहन्छौं, यो मोर्चा साँच्चिकै मधेश, देश र ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायको हक, अधिकार, सम्मान र समृद्धिका लागि अग्रसर होस्।

तर एउटा सानो शुभकामना पनि छ, नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमनतिर नहोस्।’

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस