×
Lagani
Lagani Shiksha gif
भारतबाट २५ हजार भारुसम्मका नोट ल्याउन पाइने:राष्ट्र बैंक



काठमाडौं, ०८ साउन । नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँका २०० र ५०० दरका नोट नेपाल भित्र्याउने तथा सटही गर्ने व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले ‘एकीकृत परिपत्र–२०८२’ संशोधन गर्दै अब भारतबाट आउने नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्मका २०० र ५०० दरका नोट साथमा ल्याउन सक्ने व्यवस्था गरेको हो।

राष्ट्र बैंकका अनुसार यो सुविधा सन् २०१६ नोभेम्बर ९ पछि भारतीय रिजर्भ बैंकले जारी गरेका २०० र ५०० दरका नोटमा मात्र लागू हुनेछ। त्यस्ता नोट नेपालमा प्रचलित कानुनी व्यवस्थाअनुसार सटही तथा कारोबार गर्न सकिनेछ।

Lagani Shiksha gif
sharehubapk भारतबाट २५ हजार भारुसम्मका नोट ल्याउन पाइने:राष्ट्र बैंक

यसअघि भारतले पुराना ५०० र १ हजार दरका नोट चलनचल्तीबाट हटाएपछि नेपालमा उच्च दरका भारतीय नोटको प्रयोग र ओसारपसारमा कडाइ गरिएको थियो। पछिल्लो संशोधनले लामो समयदेखि अन्योलमा रहेको नयाँ ५०० दरका भारतीय नोटको प्रयोगसम्बन्धी व्यवस्था स्पष्ट गरेको छ।

राष्ट्र बैंकले भारतीय १०० रुपैयाँ वा सोभन्दा कम दरका नोट भने साविककै व्यवस्थाअनुसार ल्याउन, लैजान र सटही गर्न सकिने जनाएको छ। तर नेपाली नागरिकले भारतीय रुपैयाँ भारतबाहेक अन्य मुलुकमा लैजान वा तेस्रो मुलुकबाट नेपाल भित्र्याउन भने नपाउने व्यवस्था यथावत् राखिएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र विदेशी विनिमय कारोबार गर्ने इजाजतप्राप्त संस्थालाई संशोधित व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। यो निर्णयले भारतबाट उपचार, अध्ययन, पर्यटन वा साना व्यावसायिक कारोबार गरी फर्किने नेपालीलाई भारतीय मुद्रा ल्याउन थप सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस