×
Lagani
Lagani Shiksha gif
हालसम्म देशभर करिब ६२ प्रतिशत धान रोपाइँ



देशभर असार ३२ गतेसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ६१.६२ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ ।

गत वर्ष सोही अवधिमा भने ७२.१४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो । यसले यस वर्ष धान रोपाइँको गति अघिल्लो वर्षको तुलनामा सुस्त रहेको देखाएको छ ।

Lagani Shiksha gif
sharehubapk हालसम्म देशभर करिब ६२ प्रतिशत धान रोपाइँ

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर १३ लाख ६६ हजार ५६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्म ८ लाख ४२ हजार ६८ हेक्टरमा धान रोपाइँ भएको छ ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ८७.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसपछि गण्डकीमा ६५.९ प्रतिशत, कर्णाली प्रदेशमा ६०.२ प्रतिशत क्षेत्रमा, लुम्बिनीमा ५९.६ प्रतिशत, मधेशमा ५७.९ प्रतिशत, बागमतीमा ५७.१ प्रतिशत र कोशी प्रदेशमा ५४.९ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।

गत वर्ष सोही अवधिमा भने सुदूरपश्चिम प्रदेशमा ९६.९९ प्रतिशत, कर्णालीमा ८७.९३ प्रतिशत, बागमतीमा ८७.१९ प्रतिशत, लुम्बिनीमा ८७.९३ प्रतिशत, गण्डकीमा ७९.२८ प्रतिशत, कोशीमा ५१.७९ प्रतिशत र मधेशमा ४६.८३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको थियो ।

मन्त्रालयको तथ्यांकले यस वर्ष अधिकांश प्रदेशमा धान रोपाइँको प्रगति गत वर्षको तुलनामा कम रहेको देखाएको छ । यसको प्रमुख कारण मनसुन ढिला शुरु हुनु र मलखादको व्यवस्था नहुनु रहेको बताइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस