×
Lagani
Lagani Shiksha gif
एभरेष्ट बैंक एनसीएचएलको ईएफटी कार्ड स्विचमा आबद्ध, अब नेपालपे कार्ड पनि जारी गर्ने



काठमाडौं, १८ असार । एभरेष्ट बैंक लिमिटेडले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियोलाई नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा सञ्चालित ईएफटी कार्ड स्विच प्रणालीमा सफलतापूर्वक स्थानान्तरण गरेको छ। यससँगै बैंकका भिसा कार्डसम्बन्धी इस्यूइङ्ग, अक्वायरिङ्ग तथा कारोबारको प्रोसेसिङ र राउटिङ अब एनसीएचएलको ईएफटी कार्ड स्विचमार्फत हुने भएको छ।

बैंकले यो प्रणालीमा आबद्ध भएसँगै अब नेपालपे कार्ड पनि जारी तथा स्वीकार गर्ने जनाएको छ। यसबाट राष्ट्रिय कार्ड प्रणालीमा बैंकको सहभागिता थप सुदृढ हुनुका साथै देशभरका एटीएम, पीओएस तथा डिजिटल भुक्तानी प्रणालीमा नेपालपे कार्डको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। नेपालपे कार्ड र अन्तर्राष्ट्रिय डिस्कोभर कार्डबीचको सहकार्यका कारण बैंकका कार्डहरूको अन्तर्राष्ट्रिय स्वीकार्यता समेत विस्तार हुने बैंकले जनाएको छ।

Lagani Shiksha gif
sharehubapk एभरेष्ट बैंक एनसीएचएलको ईएफटी कार्ड स्विचमा आबद्ध, अब नेपालपे कार्ड पनि जारी गर्ने

एभरेष्ट बैंकका अनुसार पुरानो कार्ड स्विच प्रणालीबाट एनसीएचएलको ईएफटी कार्ड स्विचमा स्थानान्तरण हुनु बैंकका लागि महत्वपूर्ण रणनीतिक उपलब्धि हो। यसले कार्ड कारोबारको सञ्चालनलाई थप प्रभावकारी, सुरक्षित र लागत–प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ।

हाल एनसीएचएलको ईएफटी कार्ड स्विचमा ११ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध छन्। गत आर्थिक वर्षमा उक्त प्रणालीमार्फत ४.२८ खर्ब रुपैयाँभन्दा बढीको कार्ड कारोबार प्रशोधन भएको थियो। एभरेष्ट बैंकले हाल देशभर १३२ शाखा, ३२ राजस्व संकलन काउन्टर, ४ विस्तारित काउन्टर र १६७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस