×
Lagani
Lagani Shiksha gif
आईएमई लाइफको सामाजिक पहल



काठमाडौं, २९ जेठ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका विपन्न नागरिकलाई राहत पु¥याउने उद्देश्यसहित आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले मोतिबिन्दु उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १०० जना आर्थिक रूपमा कमजोर बिरामीको निःशुल्क शल्यक्रियाका लागि ६ लाख रुपैयाँ सहयोग गरेको हो।

आईएमई लाइफले मात्रिका आई सेन्टरसँगको सहकार्यमा धनुषा र महोत्तरी जिल्लाका मोतिबिन्दुबाट पीडित तथा उपचार खर्च जुटाउन नसक्ने नागरिकलाई लक्षित गरी जनकपुरमा सञ्चालन हुने निःशुल्क शल्यक्रिया कार्यक्रममा सहयोग उपलब्ध गराएको जनाएको छ।

Lagani Shiksha gif

कम्पनीका अनुसार उक्त सहयोगबाट ग्रामीण भेगका १०० जना मोतिबिन्दु बिरामी प्रत्यक्ष लाभान्वित हुनेछन्। समयमै उपचार नपाउँदा दृष्टि गुमाउने जोखिममा रहेका नागरिकलाई पुनः उज्यालो जीवनतर्फ फर्काउन यो अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ।

आँखा स्वास्थ्य सेवामा सक्रिय मात्रिका आई सेन्टरले विगतदेखि विभिन्न जिल्लामा मोतिबिन्दु पहिचान, उपचार तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले दुर्गम तथा आर्थिक रूपमा कमजोर समुदायलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिरहेको छ।

आईएमई लाइफका उप–कार्यकारी प्रमुख खिलेन्द्र पौडेलले कम्पनीले स्वास्थ्य, शिक्षा र समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै यस कार्यक्रमले उपचार अभावमा दृष्टि गुमाउने अवस्थामा पुगेका नागरिकलाई नयाँ जीवन र आशा प्रदान गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस