×
Lagani
Lagani Shiksha gif
नाइटेड अजोडको ७० हजारभन्दा बढी अवितरित हकप्रद सेयर लिलामीमा, आजदेखि आवेदन खुला



काठमाडौं, २९ जेठ । हकप्रद सेयर निष्कासनपछि बिक्री हुन नसकेको सेयर अब खुला प्रतिस्पर्धामार्फत लगानीकर्तालाई उपलब्ध गराइने भएको छ। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर आजदेखि बोलकबोल प्रक्रियाबाट बिक्रीमा ल्याएको हो।

कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा आवेदन नपरेर बाँकी रहेको कुल ७० हजार ४८० कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको जनाएको छ। यसमध्ये ६३ हजार ८४७ कित्ता संस्थापक समूहको र ६ हजार ६३३ कित्ता सर्वसाधारण समूहको सेयर रहेको छ।

Lagani Shiksha gif

उक्त सेयर खरिदका लागि व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाले आवेदन दिन सक्नेछन्। कम्पनीले न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरेको छ। लगानीकर्ताले कम्तीमा १०० कित्तादेखि अधिकतम उपलब्ध सम्पूर्ण सेयरसम्मका लागि बोलपत्र पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

आवेदन लक्ष्मी सनराइज क्यापिटलमार्फत तथा लक्ष्मी सनराइज बैंकका विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर र धनगढी शाखाबाट बुझाउन सकिनेछ।

यसअघि कम्पनीले चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो। सो अवधिमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको सेयर अब लिलामी प्रक्रियामा ल्याइएको हो। इच्छुक लगानीकर्ताले असार ८ गतेभित्र बोलपत्र पेश गरिसक्नुपर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस