×
Lagani
Lagani Shiksha gif
संविधान संशोधन बहसपत्र तयारी कार्यदलले गर्यो प्रचण्ड, नेपाल र खनालसँग छलफल



प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ ।

संविधान संशोधन सम्बन्धी सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदल टोली ललितपुरको मानभवनस्थित पुष्पकमल दाहालको निवास पुगेर छलफल गरेको हो ।

Lagani Shiksha gif

सो अवसरमा पूर्वप्रधानमन्त्री प्रचण्ड, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक रूपमा संविधान संशोधनका विभिन्न विषयमा छलफल तथा सुझाव आदानप्रदान गरेको जनाएको छ ।

कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का प्रतिनिधिसभा सदस्य मोहन आचार्य, नेकपा (एमाले)का डा. भीष्मनाथ अधिकारी, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का पूर्वमन्त्री देवप्रसाद गुरुङ, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राप्रपाका ज्ञानेन्द्र शाही, जसपा नेपालका डा. सुरेन्द्र कुमार झा, लोसपाका डा. आभाष लाभ र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल सदस्य रहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने कार्यदलमा अहिलेसम्म आफ्नो सदस्य पठाएको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस