×
Lagani
Lagani Shiksha gif
भूगोलभन्दा ठुलो बजेट हुदैन, प्रधानमन्त्री संसदमा आएर अभिव्यक्ति सच्याउनुपर्छ- हर्क साम्पाङ



श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा संसदको नियमावली पालना नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुख अर्याललाई बोल्न पाउने अधिकारलाई सुनिश्चित गर्न आग्रह गर्दै नियमावली अनुसार चल्न आग्रह गरे ।

Lagani Shiksha gif

उनले प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा ल्याउन आग्रह गर्दै सभामुख अर्याललाई सिमानाको विषय गम्भीर भएको बताए । उनले प्रधानमन्त्रीले संसदमा आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग दोहोराएका छन् ।

सीमा भन्दा ठुलो विषय बजेट नहुने भन्दै भूगोलको विषयमा सत्ता पक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताए ।

यसअघि संसदमा बोल्न नदिएको भन्दै श्रम संस्कृति पार्टीले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । विपक्षी दलका काँग्रेस, एमाले, नेकपा र राप्रपालाई बोल्न दिए पनि सभामुखले श्रम संस्कृतिलाई बोल्न समय दिएका थिएनन् ।

श्रम संस्कृति पार्टीको लगातार नाराबाजी गरेपछि सभामुखले श्रम संस्कृति पार्टीलाई बोल्न समय दिएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस