नेपाली कांग्रेस सभापतिका लागि भएकाे चुनावकाे मतगणना अन्तिम चरणमा पुगेकाे छ ।
नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका लागि कुल ४ हजार ६७९ मत खसेकामा ४ हजार २७८ मत गणना भएको छ । निर्वाचन समितिका अनुसार शेरबहादुर देउवाले २ हजार ४६ मत प्राप्त गरेका छन् । शेखर कोइरालाले १ हजार ५६८ मत पाएका छन् । यसैगरी प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३९ र कल्याण गुरुङले २० मत पाएका छन् ।
कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेकामा ४ हजार ६७९ मत खसेको थियो । जितका लागि २३ सय ४० मत ल्याउनुपर्ने छ । ५० प्रतिशत मत नकटेमा दोस्रो चरणमा चुनाव हुनेछ ।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् । तर ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राेबीच दाेस्राे चरणमा चुनाव हुनेछ ।
मतदान सम्पन्न भएको पाँच घण्टापछि सोमबार बिहान साढे चार बजे मतगणना सुरु भएको हो । आइतबार बिहान ११ बजेदेखि राति साढे ११ बजेसम्म मतदान भएको थियो । चार हजार ६८० जना प्रतिनिधिले मतदान गरेका थिए । कुल चार हजार ७४३ प्रतिनिधि छन् ।कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।
सभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । यसैगरी केन्द्रीय निर्वाचन समितिले उपसभापतिसहित बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका केन्द्रीय कार्यालय सानेपा पुर्याएको छ । राष्ट्रियसभा गृह र भृकुटीमण्डपबाट ८४ वटा ट्यांकी सबै उम्मेदवारका प्रतिनिधिसहित कडा सुरक्षाका बीच
















