×
२७७७ मत गणना हुँदा देउवाले कति मत ल्याए ?



नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ ।

सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइराला पछ्छाइरहेका हुन् । निर्वाचन समितिका अनुसार हालसम्म २ हजार ७ सय ७७ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १ हजार ३ सय १८ मत प्राप्त गरेका छन् । कोइरालाले १ हजार २३ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २ सय ५, विमलेन्द्र निधिले १ सय ६६ र कल्याण गुरुङले १२ मत मात्र प्राप्त गरेका छन् ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।
नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ । Congress1.jpg २७७७ मत गणना हुँदा देउवाले कति मत ल्याए ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस