×
Lagani
Lagani Shiksha gif
एमाले फुट्नुमा ओली र नेपाल दुवै दोषी : नेता रावल



नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले पार्टी फुट्नुमा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल दुवै जिम्मेवार रहेको बताएका छन् ।

लामो बहस र छलफलपछि दुबै नेताको सहमतिका आधारमा १० बुद्धे सहमति भए पनि कार्यान्वयनमा दुवै नेताले अनिच्छुक देखिँदा पार्टी फुटेको उनले बताए ।नेकपा एमालेले मेल्लेखको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  नेता रावलले १० बुदे सहमतिको लागि दिनहुँ बालकोट र कोटेश्वर गएर निकै मेहनतका साथ सहमतिको खाँका तयारी गरे पनि कार्यान्वयन नहुँदा पार्टी फुटेको रावलको आरोप छ ।

Lagani Shiksha gif
sharehubapk एमाले फुट्नुमा ओली र नेपाल दुवै दोषी : नेता रावल

नेता रावलले १०औं महाधिवेशनको पूर्व सन्ध्यामा आफूले ओली र अन्य नेतालाई मिलेर जानको लागि आग्रह गर्दा सुनुवाइ नभएको बताए । पार्टी फुटको अवस्थामा पुग्न लाग्दा आफूले सहमतिमा अघि बढौं भनेर दुई घण्टाभन्दा बढी अध्यक्ष ओलीसँग छलफल गरेको उनको भनाई छ ।

आफूले भनेको कुरा पार्टी अध्यक्षले सुनुवाइ नगर्दा पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै अध्यक्षको उम्मेदवार बनेको रावलले बताए । उनले आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेको र हार बेहोर्दा मन खुम्च्याउनु पर्ने कारण नरहेको बताएका छन् ।चुनावमा अध्यक्ष ओलीले जिते पनि नैतिक रूपमा भने आफूले जितेको नेता रावलको भनाई छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस