×
Lagani
Lagani Shiksha gif
मदिरा उत्पादक संघको अध्यक्षमा पुन बाबरा निर्बिरोध



काठमाडौं, २३ भदौ। नेपाल मदिरा उत्पादक संघको पाँचौँ अधिवेशनबाट उद्योगपति बैजु प्रसाद बाबरा दोस्रो कार्यकालका लागि केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

 

Lagani Shiksha gif
sharehubapk मदिरा उत्पादक संघको अध्यक्षमा पुन बाबरा निर्बिरोध

यसअघि पनि संघको अध्यक्ष रहिसकेका बाबरालाई पुनः विश्वासको मत दिंदै अधिवेशनले निरन्तरता दिएको हो।

 

बैजु प्रसाद बाबराले संघमा नेतृत्व सम्हालेपछि मदिरा उद्योगसँग सम्बन्धित कर नीति, सरकारी नियमन, उत्पादन र वितरण प्रणालीलाई व्यवस्थित गर्न महत्वपूर्ण पहल गर्दै आएका छन्।

 

उद्योगमा देखिने अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण, गुणस्तर सुनिश्चितता तथा वैधानिक उत्पादनलाई प्रोत्साहन गर्ने विषयमा उनले सक्रियता देखाएका थिए।

 

यसपटक पनि उनको निर्विरोध निर्वाचित हुनु, उद्योग क्षेत्रका प्रतिनिधिहरूमाझ उनीप्रतिको विश्वास, संगठित नेतृत्व क्षमता र सन्तुलित दृष्टिकोणको परिणामका रूपमा लिइएको छ।

 

अधिवेशनले मदिरा उद्योगलाई अझै व्यवस्थित, दिगो र उत्तरदायी बनाउन संघलाई नेतृत्व दिने जिम्मेवारी पुनः बाबरामाथि सुम्पेको छ।

 

संगठनका सदस्यहरू, सरोकारवाला निकाय र उद्योग जगतले उनलाई दोस्रो कार्यकालमा पनि पारदर्शी नेतृत्व, व्यवसायलाई कानुनी दायराभित्र सुदृढ बनाउने तथा उद्योगको योगदानलाई राष्ट्रिय अर्थतन्त्रमा अझ प्रभावकारी ढंगले देखाउने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस