×
Lagani
Lagani Shiksha gif
जनताको समस्या सिंहदरबारसम्म पुरयाउने अभियान हो: प्रचण्ड



लम्जुङ, २२ भदौं । पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली शनिबार श्री भक्ति नमूना माध्यमिक विद्यालय पुगेको छ।

विद्यालयमा आयोजित संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो लामो राजनीतिक यात्रामा यस विद्यालयसँग विशेष सम्बन्ध रहेको स्मरण गर्दै भने “म धेरै अघि यहाँ आएको थिएँ, पहिलो पटक प्रधानमन्त्री भए पछि समेत यो विद्यालयमा आएको थिएँ।”

Lagani Shiksha gif
sharehubapk जनताको समस्या सिंहदरबारसम्म पुरयाउने अभियान हो: प्रचण्ड

उनले हालैको लम्जुङ कृषि क्याम्पस अवलोकन र त्यहाँ भएका छलफलको उल्लेख गर्दै  वर्षा यामका कारण पोखरामा रोकिएको मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु गरिएको बताए ।

 

“हामीले बैतडीदेखि कास्कीसम्म अभियान चलाउँदा बर्खाका कारण स्थगित गर्नुपरेको थियो। अहिले फेरि यसलाई निरन्तरता दिएका छौं। यस अभियानमा हाम्रो जोडिनुको मुख्य उद्देश्य जनताको समस्या बुझेर सिंहदरबारसम्म पुर्‍याउनु हो,” प्रचण्डले भने।

 

अभियानका क्रममा जनयुद्ध र जनक्रान्तिका सहिद तथा बेपत्ता परिवारसँग निरन्तर भेटघाट भइरहेको जानकारी दिँदै उनले उनीहरूको पीडा सम्बोधन गर्न पार्टीले प्रयासरत रहेको बताए।

साथै, सरकारमा रहँदा सामाजिक न्याय, सुशासन र विदेशमा रहेका नागरिकका लागि सामाजिक सुरक्षा कोषमा समावेश गर्ने जस्ता काम गरेको पनि स्मरण गरे ।

“राम्रो काम गर्दै गर्दा हामीलाई सरकारबाट हटाइए पनि भ्रष्ट्राचार अन्त्य र सुशासनको अपेक्षा राख्ने जनताको मनबाट हामी हटेका छैनौं,” प्रचण्डले जोड दिदैँ भने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस