×
Lagani
Lagani Shiksha gif
डोङफेङ इभी गाडीको भैरहवामा पनि विक्री सुरु



भैरहवा, चैत्र ०७ । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी अटो कर्पले आयात गरेको चिनियाँ ब्रान्डको इलेक्ट्रीक भ्यान डोङफेङ इभी गाडीको भैरहवामा पनि विक्री सुरु गरिएको छ ।

नेपाली बजारमा ११ सिट र १४ सिट क्षमताका दुई मोडलका इलेक्ट्रीक प्यासेन्जर भ्यानको त्रिवेणी मोटर कर्पोरेशनले भैरहवाका लागि आधिकारिक विक्रेता किस्मत अटोमोबाईल्समा बुधबारदेखि बिक्री सुरू गरको किस्मत अटोमोबाईल्सका सञ्चालक कल्याण श्रेष्ठले जानकारी दिनुभयो । इलेक्ट्रिक गाडिहरुको डिमाण्ड बढेकोले भैरहवामा पनि बिक्री वितरण सुरु गरेको श्रेष्ठले बताउनुभयो । 

Lagani Shiksha gif
sharehubapk डोङफेङ इभी गाडीको भैरहवामा पनि विक्री सुरु

चीनमा बनेको डोङफेङ इभी गाडीको १४ र ११ सिट क्षमतामा उपलब्ध रहेको सञ्चालक श्रेष्ठले जानकारी दिए । गाडीको मूल्य क्रमश ः ५६ लाख ५० हजार र ४७ लाख रुपैयाँ रहेको उनले बताए । 

बुटवलका लागि आधिकारिक विक्रेता उर्जा ग्रीन अटोमोबाइल्सका सञ्चालक लक्ष्मण अर्यालका अनुसार यो गाडीको ३ सय किलोमिटर रेन्ज छ ।

त्यस्तै गाडीको ब्याट्री र मोटरमा पाँचलाख किलोमिटर र पाँचवर्ष वारेन्टी रहेको अर्यालले जानकारी दिए । 

विक्री केन्द्रबाट सेल्स, सर्भिस र पार्टसको राम्रो सुविधा प्रदान गरिने किस्मत अटोमोबाईल्सका सेल्स म्यानेजर विशालजंग कुँवरले बताए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस