×
Lagani
Lagani Shiksha gif
कुमारी क्यापिटलले ८० करोड बराबरको सामूहिक लगानी कोष बिक्रि गर्दै



कुमारी क्यापिटलले फागुन १४ गतेदेखि सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाई सार्वजनिक निष्काशन गर्ने भएको छ।

फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

Lagani Shiksha gif

कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। यो १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

फण्डको इकाईमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा फागुन २८ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

 

152047336 340146417255504 8424796772677240844 n 1 कुमारी क्यापिटलले ८० करोड बराबरको सामूहिक लगानी कोष बिक्रि गर्दै

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस