नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सोमवार न्यादी हाइड्रोपावरको पहिलो शेयर कारोबार शुरु भएको केहि बेरमै सकारात्मक सर्किट लागेको छ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २८२ दशमलव ३ मा शुरु भएको थियो भने हाल सकारात्मक सर्किट लागेर कम्पनीको शेयर मूल्य ३१०.५० पुगेको छ। आज कम्पनीको शेयर मूल्य ९.९९ प्रतिसत आर्थत २८.२० अंकले बढेको हो।
कम्पनीको शेयर कारोबार गत बिहीवार (मंसिर ९ गते) हुनुपर्नेमा म्याचिङ नभएर हुन सकेको थिएन । कम्पनीको १ करोड ५० लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।
कम्पनीले निष्कासन गरेको उक्त आईपीओमा दुई लाख नाै हजार २५० जनाले कम्पनीको सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ । सो सेयरमा कुल २२ लाख ५५ हजार ८४ जनाले दुई अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये १० हजार ४४२ जनाको आवेदन रद्द भएको छ भने तीन हजार ५०४ जनाको सेयर सि-आस्वाले अस्वीकृत गरेको छ। स्वीकृत भएका २२ लाख ४१ हजार १३८ जनामा सो सेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन खुला गरेको थियो । कम्पनीले २२ लाख ५० हजार कित्ता कुल निष्कासनमध्ये दुई प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र पाँच प्रतिशत अर्थात एक लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बनाइएको थियो ।
उक्त कम्पनीको आईपीओमा १९ असोजसम्म आवेदन दिन सकिने व्यवस्था थियो । उक्त आईपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाइने व्यवस्था थियो ।
















