×
Lagani
Lagani Shiksha gif
गोलबजार नगरपालिकामा EFT सेवा सुचारु



मुकेश कुमार यादव

सिरहा १४ माघ। सिरहाको गोलबजार नगरपालिकाले इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (EFT) सेवा सुचारु गरेको छ। सेवाग्राहीलाई सहज र सरल रुपमा भुक्तानी गर्ने उद्देश्यले पालिकाले औपचारिक रूपमा EFT सेवा  सुचारु गरेको हो।

Lagani Shiksha gif
sharehubapk गोलबजार नगरपालिकामा EFT सेवा सुचारु

यो सेवामार्फत नगरवासी लगायतका सेवाग्राहीहरुले पालिकामा चेकको लागि  आवश्यक कागजात पेस गरे सेवाग्राहीको खातामै ट्रान्सफर हुने प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरिले जनाएको छ। उनका अनुसार अब सेवाग्राहीले सेवा शुल्क, अन्य कर, दस्तुर लगायतका भुक्तानीहरू अनलाइनबाटै भुक्तानी गर्न सकिने बताए ।

सेवा प्रारम्भ गर्दै प्रमुख प्रशासकीय अधिकृत पुरीले भने, ´यो सेवा गोलबजार नगरपालिकाका जनताको आवश्यकता र सुविधालाई ध्यानमा राखेर ल्याइएको हो। अब नगरवासीहरूले बैंकमा लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। उनले थपे, ´यो सेवा आजबाट सुरु गरिएको हो। चैतदेखि पुर्णरुपमा अनलाइन प्रणालीबाट मात्रै भुक्तानी हुने छ।'

EFT सेवा सबै बैंकिङ प्रणालीसँग अनुकूल हुनेछ। नागरिकहरूले आफ्नो बैंक खाताबाट पालिकालाई सिधै रकम ट्रान्सफर गर्न सक्ने लेखा अधिकृत गनेश प्रसाद भण्डारीले जनाएका छन् । उनले भने, ´ यो अनलाइन प्रणालीले पालिकाको राजस्व संकलनमा समेत योगदान पुर्याउनेछ।´

सिरहाको १७ वटा पालिका मध्ये दुईवटा धनगढीमाइ नगरपालिका र नवराजपुर गाउँपालिकाले गत आर्थिक वर्षमा यो सेवा सुचारु गरे पनि केही दिनमै बन्द गरेको थियो। 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस