×
नेपाल इन्स्योरेन्सको सेयर लिलामी बिक्री खुला



काठमाडौं, पौष २२ । नेपाल इन्स्योरेन्स कम्पनीले आज सोमबार देखि २१ हजार १३३ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा संस्थापक सेयरधनीले मात्र बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको प्रतिकित्ता भाउ न्यूनतम २८० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । पुस २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस