×
सुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा



काठमाडौं, मंसिर ५ । सुर्योदय ओमी लघुवित्त बित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। संस्थाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको हो । लघुवित्तको मङ्सिर ४ गते बसेको २२८औं संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट उक्त लाभांश प्रस्ताव गरेको जनाएको छ ।

प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस सेयर रहेको छ भने कर प्रयोजन सहितलाई १ प्रतिशत नगद लाभांश रहेको छ। यसअवधिमा लघुवित्तको चुक्तापुंजी १ अर्ब ४ करोड रहेको छ। 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कामनाको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि कम्पनीले आर्थिक २०७९–८० मा १४.०७७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस