×
Lagani
Lagani Shiksha gif
लक्ष्मी र सनराइज बैंकको एकिकृत कारोबार शुरु



लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी आज असार २९ गतेदेखि एकिकृत कारोबार सुरू गरेका छन् ।

यी दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो । दुबै बैंकको असार ३ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेको थियो भने नेपाल राष्ट्र बैंकले असार २२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २४ गते अन्तिम स्वीकृति प्राप्त भएको हो भने नेपाल धितोपत्र बोर्डले समेत असार २५ गते पूर्व स्वीकृति प्रदान गरिसकेको छ । यी सबै प्रक्रिया सम्पन्न भएसँगै दुबै बैंक एक भएका हुन् ।

Lagani Shiksha gif
sharehubapk लक्ष्मी र सनराइज बैंकको एकिकृत कारोबार शुरु

दुई बैंक एक भई लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू गरेको जानकारी बैंकले दिएको छ । मर्जर पश्चात् बैंकको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा रहनेछ । एकिकृत कारोबार सुरू गर्न डाटा माइग्रेसन लगाएतका प्रयोजनका लागि दुबै बैंकको असार २७ गतेदेखि २८ गतेसम्म सबै शाखा कार्यालयबाट प्रदान हुने सेवा रोकिएको थियो।

यी दुई बैंक समान हैसिएतमा एक भएका हुन् । हाल लक्ष्मी बैंकको चुक्तापूँजी ११ अर्ब ५५ करोड रुपयाँ भन्दा बढी छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपयाँ भन्दा बढी छ । दुईं बैंक एक भएपछि चुक्तापूँजी २१ अर्ब ६६ करोड रुपयाँ भन्दा बढी भएको छ । एकिकृत कारोबारका दिनदेखि बढीमा १५ कारोबार दिन दुबै बैंकको शेयर कारोबार समेत बन्द रहनेछ ।

मर्जर तथा प्राप्ति सम्बन्धि पछिल्लो व्यवस्था बमोजिम मर्जर तथा प्राप्ति प्रक्रिया पुरा गरी एकिकृत कारोबार सुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार बन्द गर्नुपर्ने व्यवस्था रहेको छ । यस अघिको व्यवस्थामा भने मर्जर तथा प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरेको भोलिपल्टदेखि मर्जर प्रक्रिया पुरा भई धितोपत्र बजारमा शेयर सूचीकृत नभएसम्म शेयर कारोबार बन्द हुने व्यवस्था थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस