×
Lagani
Lagani Shiksha gif
घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले असार २१ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले यस अघि जेठ ३२ गतेदेखि असार ४ गतेसम्म निष्कासनकै क्रममा स्थगित भएको आईपीओ पुनः खुला गरेको हो । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि असार २५ गतेसम्म मात्र आईपीओ विक्री खुला गर्न लागेको हो । यस अवधिभित्र माग बमोजिम आवेदन नपरेको भए भने असार ३१ गतेसम्म विक्री खुला गर्ने मिति कम्पनीले तय गरेको थियो ।

Lagani Shiksha gif
sharehubapk घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कम्पनीले सर्वसाधारणमा प्रिमियम सहित प्रतिकित्ता रू. ४३५ मूल्यमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन् । यस कम्पनीले २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गर्दै आएको छ ।

हाल कम्पनीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
वसन्त भट्टराई
Guest
वसन्त भट्टराई
July 10, 2023 12:44 pm

फिर्ता को लागि निवेदन दिएको अहिले सम्म पनि पैसा आको छैन त??



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस