×
Lagani
Lagani Shiksha gif
बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट हुदै ,१५ लाखको हात खालि हुने।



बिपिडब्लु लघुवित्तको आइपीओ आज बाँडफाँट हुने भएको छ।

लघुवित्तको आइपीओ आज बिहान ११ बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि फागुन १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीको आईपियोमा १५ लाख ३२ हजार ९ सय ७३ जना आवेदकबाट १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ।

Lagani Shiksha gif
sharehubapk बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट हुदै ,१५ लाखको हात खालि हुने।

यसमा मागभन्दा  बढी आवेदन परेको हुदा गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । कुल आवेदक मध्य ८ हजार ९५ जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १५ लाख २४ हजार ८७८ जनाको भने हात खाली हुनेछ । बिपिडब्लु लघुवित्तले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३% ले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो ।

यस कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ  । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा रहेको छ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ४९ लाख ६० हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस