×
Lagani
Lagani Shiksha gif
आजदेखि निष्कासनमा आयो माई खोला हाइड्रोपावरको आईपीओ , कति दिने आवेदन ?



माई खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलागी आईपीओ विक्री खुला गरेको हो । कुल जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ रहेको कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो भने  दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने १ लाख ५२ हजार ९४१ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागेको हो ।

Lagani Shiksha gif

यो आईपीओमा लगानीकर्ताले चैत ९ सम्म आवेदन दिन सक्ने छन्। स्थानीयको हकमा माग अनुसार आवेदन नपरेमा चैत २४ गतेसम्म आवेदन दिन सकिने छ।  यो आईपीओ खरीदका लागि न्युनतम १० कित्ता आवेदन दिन सकिने छ भने अधिकतममा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले १० हजार कित्ताका र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीयले आयोजना रहेको स्थल, प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने मेरो सेयर देखि आवेदन दिन सक्ने छन्।

इक्रा नेपालले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपि डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस