×
Lagani
Lagani Shiksha gif
बिपिडब्लु लघुवित्तको आइपीओमा १५ लाख बढीको आवेदन , जम्मा ८ हजार जनाले १० कित्ता पाउने।



बिपिडब्लु लघुवित्तको आइपीओमा अन्तिम दिन सम्म आवेदनको ओहिरो लागेको छ।

मंगलबार साँझ ५ बजेसम्म कम्पनीको आईपियोमा १५ लाख ३२ हजार ९ सय ७३ जना आवेदकबाट १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ। जुन सर्वसाधारणलाई  निष्कासन गरेको भन्दा १७३ दशमलव २८ गुणा बढी आवेदन हो। हालको आवेदन हेर्दा जम्मा ० दशमलभ ५२ प्रतिसत आवेदकले १० कित्ताका दरले सेयर हात पर्ने देखिन्छ।

Lagani Shiksha gif
sharehubapk बिपिडब्लु लघुवित्तको आइपीओमा १५ लाख बढीको आवेदन , जम्मा ८ हजार जनाले १० कित्ता पाउने।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि फागुन १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।

प्रतिसेयर १ सय अंकित मूल्यमा ९७ हजार कित्ता सेयर निष्कासन गरेको हो। सोमध्ये बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर निष्कासन गरिसकेको छ भने कर्मचारीहरुका लागि १ हजार ५०० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ४ हजार  ८५० कित्ता सुरक्षित गरिएको छ ।

बाँकी ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्तामा निष्कासन गरेको हो। यस कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ  । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा रहेको छ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ४९ लाख ६० हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस