×
Lagani
Lagani Shiksha gif
सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यस्तो छ नतिजा हेर्ने तरिका।



सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको आईपीओ बिक्री  प्रबन्धक सानिमा क्यापिटलले आफ्नो कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यका १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। आईपीओमा १३ लाख ४ हजार २०८ आवेदकबाट कुल १ करोड ४५ लाख २७ हजार ६३० कित्ताका लागि खरिद आवेदन दिएका थिए। तीमध्ये ४ हजार ५१५ आवेदकबाट परेको ८१ हजार ७० कित्ता सेयर आवेदन बदर भएको छ।

Lagani Shiksha gif

आवेदन दिने मध्ये १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकास्थित मादी नदीको पानीबाट  ८ अर्ब ३५ करोड अनुमानित लागतमा ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  यसको प्रति मेगावाट लागत १८ करोड ९७ लाख रुपैयाँ छ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस