×
Lagani
Lagani Shiksha gif
के पेलेको खुट्टा फिफाले म्युजियममा राख्न लागेको हो?



फुटबल लिजेन्ड पेलेको निधनपछि सामाजिक सञ्जालमा उनको खुट्टा फुटबलको अन्तर्राष्ट्रिय संस्था फिफाले म्युजियममा राख्न लागेको सूचना भाइरल भएको छ। त्यसमा ब्राजिलको एउटा मिडियाले यसबारे समाचार राखेको दावी पनि गरिएको छ।

यसरी भयो भाइरल
ब्राजिल एन्ड नेमार लभर्स नामको फेसबुक पेजमा पेलेको खुट्टा फिफा म्युजियममा राखिने र त्यसका लागि परिवारले अनुमति दिइसकेको दावी गरिएको छ। पोस्टसँगै राखिएको फोटोमा स्रोत भनेर ‘टिएनटी स्पोर्टस् ब्राजिल’ लेखिएको छ। ३० डिसेम्बर २०२२ मा अपलोड गरिएको यो पोस्टमा २४ घण्टाभित्र १४ सय रियाक्सन, ६६ सेयर र २१ कमेन्ट छन्।

Lagani Shiksha gif
sharehubapk के पेलेको खुट्टा फिफाले म्युजियममा राख्न लागेको हो?

त्यसैगरी नेमार जुनियर फ्यान्स नामको फेसबुक पेजमा अपलोड गरिएको यो फोटोसहितको स्टायटसमा २४ घण्टामा १ हजार ५ सय रियाक्सन, १०५ सेयर र २५ कमेन्ट देखिन्छ। यो पोस्टमा पनि फिफाले पेलेको खुट्टालाई म्युजियममा राख्न लागेको र यसका लागि परिवारले अनुमति दिइसकेको दावी गर्दै स्रोतका रुपमा टिएनटी स्पोर्टस ब्राजिल राखिएको छ।

कोर्ट नामको फेसबुक पेजमा ३० डिसेम्बर २०२२ मा फिफाले पेलेको खुट्टा म्युजियममा राख्न लागेको पोस्टमा २४ घण्टामा ४५८ रियाक्सन, ५१ सेयर र चार कमेन्ट देखिन्छ। फेसबुकमा pele feet museum कीवर्ड राखेर सर्च गर्दा यो विषयमा सयौँ पोस्ट देखिन्छ।

के हो तथ्य ?
यो विषयको तथ्य थाहा पाउन हामीले सबैभन्दा पहिला भाइरल पोस्टहरुमा दावी गरिए जस्तो टिएनटी स्पोर्टस ब्राजिलको वेबसाइट https://tntsports.com.br/ हेर्‍यौँ। सो वेबसाइटमा हामीले अङ्ग्रेजीबाट Pele feet museum कीवर्ड सर्च गरी हेर्‍यौँ। त्यसमा केही पनि नतिजा भेटिएन।

ब्राजिलको राष्ट्रिय भाषा पोर्चुगिज हो। सो वेबसाइट पनि पोर्चुगिज भाषामा रहेको छ। हामीले गुगल ट्रान्सलेटको सहयोगबाट सोही कीवर्डलाई पोर्चुगिजमा अनुवाद गर्‍यौँ-

यो कीवर्ड राखी सर्च गर्दा पनि उक्त वेबसाइटमा कुनै समाचार देखिएन। हामीले अन्तर्राष्ट्रिय मिडियाहरुमा पनि यसबारे समाचार खोज्यौँ तर कुनै पनि भेटिएन। इएसपिएनका अनुसार पेलेको साओ पाउलोको एउटा रङ्गशालामा सोमबार (जनवरी २) र मंगलबार (जनवरी ३) मा अन्तिम श्रद्धाञ्जलिका लागि राखिनेछ र त्यस लगत्तै अन्तिम संस्कारका लागि लगिनेछ।

पेलेको शवलाई सान्तोसस्थित मेमोरियल नेक्रोपोल इसुमेनिकामा दफनाइनेछ। यो अन्येष्टिमा परिवारमात्र सहभागी हुने इएसपिएनले जनाएको छ। समाचारमा खुट्टा म्युजियममा राख्ने बारे कुनै उल्लेख छैन।

तथ्य जाँच
दावी : पेलेको खुट्टालाई फिफाले परिवारको अनुमतिमा म्युजियममा राख्दैछ।

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ताहरु।

तथ्य : मिथ्या सूचना। सामाजिक सञ्जालमा स्रोत भनी दावी गरिएको टिएनटी स्पोर्टस ब्राजिलमा यसबारे कुनै खबर छापिएको छैन। विश्वसनीय अन्तर्राष्ट्रिय मिडियाले पनि यसबारे केही लेखेका छैनन्। तसर्थ यो सूचना मिथ्या ठहरिन्छ। नेपाल फ्याक्टचेकको सहयोगमा। 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस