×
Lagani
Lagani Shiksha gif
५६ अंकले बढ्यो नेप्से , यी कम्पनीका लगानीकर्ता भए मालामाल।



साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उकालो लागेको छ ।

नेप्से परिसूचकमा ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा उक्लिएको छ । बुधबार  सेयर बजर ११.८१ अंकले घटेको थियो । बिहीबार २५७ कम्पनीको एक करोड ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार  भएको छ । हिमालय डिस्टिलरी कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।

Lagani Shiksha gif
sharehubapk ५६ अंकले बढ्यो नेप्से , यी कम्पनीका लगानीकर्ता भए मालामाल।

याे कम्पनीको १२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दूरसञ्चार कम्पनीको १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । हिमालय उर्जा विकास, सानीमा जीवन बिमा र सृजनशील लघुवित्तको १० प्रतिशतले मूल्यवृद्धि भएको छ । यता, धाैलागिरि लघुवित्तको ९.९९ प्रतिशतले मूल्यवृद्धि भएको हो ।२०८ कम्पनीमा उकलो लागेको छ भने जम्मा ६ कम्पनीमा ओरालो लागेको छ ।

आज सबै उपसुचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स कम्पनी ५.३८ प्रतिशतले वृद्धि भएको छ । हाइड्रोपावर ४.९२ र निर्जीवन बिमा ४.३९ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा कम म्युचुअल फन्ड १.४१ र बैंकिङमा १.८२ प्रतिशतले वृद्धि भएको नेप्सेले जानाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस